देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना जितेर फर्किइन् कैलालीकी ५० वर्षीया महिला

देशान्तर

कैलाली । कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छन् । लम्कीचुहा नगरपालिका १ की ५० वर्षीया महिला बिहीबार डिस्चार्ज भएकी हुन् ।

लगातार दुई पटकसम्म गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

वीरगञ्जबाट कैलाली आएर क्वारेन्टाइन बसेकी महिलाको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । आजै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।