देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमितको संख्या ४० पुग्यो, उदयपुरका थप ८ जनामा संक्रमण

देशान्तर

सुनसरी । उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा पिसिआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरूको स्वाब पुन परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। धरानमा गरिएको परीक्षणका क्रममा उनीहरूमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका सह(प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए। ‘यहाँ हामीले क्रस भेरिफिकेसन गर्दा ८ जनालाई पोजेटिभ देखिएको छ। बिपी प्रतिष्ठानमा स्वाब लिएर विराटनगर पठायौ’, उनले भने, ‘आज दिउँसो उनीहरुलाई दुईवटा एम्बुलेन्समा हालेर प्रहरीको स्कटिङमा ल्याइएको थियो।’

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ। यसअघि आजै रास्ट्रिय प्रयोगशाला टेकुमा पनि उदयपुरकै एकजनामा पोजेटिभ देखिएको थियो।

उदयपुरको भुल्केका १३ जनामा पहिले नै संक्रमण पुष्टि भएको थियो । उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ।