देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना भाइरस जनावरबाट सरेकाे दावी, मासुमा प्रतिबन्ध लगाउन WHO काे आह्वान

देशान्तर

विश्व स्वास्थ्य संगठन डब्लुएचओले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ ।

डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेयब्रेससले नियमित पत्रकार सम्मेलनका क्रममा ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै मानिसमा आएको भन्दै वन्यजन्तु मासुको व्यापारमा प्रतिबन्ध लगाउन अपिल गरेका हुन । बन्यजन्तुको मासु लाखौं मानिसको लागि भोजनको महत्वपूर्ण स्रोत भएपनि अधिकांश बजारमा स्वच्छताको कमी रहेको डब्लुएचओको भनाइ छ ।

भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना नगर्दासम्म बन्यजन्तुको मासु प्रयोग रोकिनुपर्ने गेयब्रेससको भनाइ छ । कोरोना भाइरसको महामारी चीनको वुहानमा पनि जनवारकै मासुवाट फैलिएको अनुमान गरिएको छ ।