देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

देशान्तर

 कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ४८ हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७१ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको छ । कोरोनाबाट अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ । स्पेनमा २० हजारभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

फ्रान्समा १८ हजार ६ सयभन्दा बढीको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा १४ हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८ हजार नाघेको छ ।  यसैगरी इरानमा ४९५८, बेल्जियममा ५१६३, जर्मनीमा ४३५२, चीनमा ४६३२, नेदरल्याड्समा ३४५९, ब्राजिलमा २१४१, स्वीडेनमा १४०० जनाको मृत्यु भएको छ  ।