देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकपुर अस्पतालाई करिब ५ लाखको स्वास्थ्य सामाग्री सहयोग

देशान्तर

टीकापुर (कैलाली) । टीकापुरका युवा एवं कोइकाका असिस्टेन्ट कन्ट्री डाइरेक्टर विकास रावलले व्यक्तिगत रुपमा टीकापुर अस्पताललाई ४ लाख ९० हजार ६ सय ३४ रुपैया ७० पैसा बराबरको सामाग्री हस्तान्तरण गरेका छन् । उक्त सामाग्रि शनिबार रावल कि फुपु कौशिल्या देबि रावलले टीकापुर अस्पतालका अध्यक्ष दिपक रावललाई हस्तान्तरण गरेकी हुन् । यसरी हस्तान्तरण गरिएका सामाग्रीमा पिपिई ५० थान, एन ९५ मास्क सय वटा, सर्जिकल मास्क २ हजार थान, किटनाषक सोडियम हाइपो क्लोराइड झोल ७५ लिटर, ग्लोब्स ४ सय जोरा, सेनिटाइजर ५० लिटर रहेको छ ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले स्वास्थ्य सामाग्री अस्पताललाई सहयोग गरेको भन्दै विकास रावललाई धन्यवाद दिए ।

उनले पिपिई, एन९५ मास्क, सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजर टीकापुर अस्पतालमा प्रयोग गरिने र किटनाषक औषधि सोडियम हाइपो क्लोराइड झोल टीकापुर अस्पतालका अतिरिक्त टीकापुर नगरपालिकासँग समन्वय गरी टीकापुर नगरपालिकाका बिभिन्न वडामा छर्कने बताए ।

कोरोना रोग नलागे सम्म सामान्य लागिसकेपछि सम्हाल्नै गाह्रो हुने भएकाले संक्रमणबाट बचाउन आफुले टीकापुर अस्पताललाई सामाग्री सहयोग गरेको रावलले बताए । “रोगको संक्रमण देखा परिसकेपछि सामाग्रीको अभावमा स्वास्थ्यकर्मीहरु उपचार गर्न छाडेर भाग्ने अवस्था नआवोस भनेर मैले सामाग्री नै सहयोग गरेको हुँ” रावलले भने । उनले आफु टीकापुरबासी हुनुको गर्ब भएको पनि बताए ।

यसैगरी रावलले टीकापुर नगरपालिकाको विपत कोषमा एक लाख रुपैया सहयोग गरेका छन् । सो रकम टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावललाई हस्तान्तरण गरिएको छ ।