देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

देशान्तर

काठमाण्डौ । चीनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन् ।

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टीलेटर एक थान र क्वरेन्टीन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाइन्टी फाइभ मास्क १ लाख २ सय थान र पीसीआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ ।

चाइना सी ए एम सी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ