देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि धरानमा पनि कोरोना परीक्षण, काठमाडौं बाहिरको पहिलो परीक्षण केन्द्र

देशान्तर

काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पछि राजधानी बाहिर पहिलोपटक धरानबाट कोरोना भाइरसको परीक्षण हुन लागेको हो ।

प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भएरनभएको यकिन गर्न पीसीआर ९पोलिमर चेन रियाक्सन० परीक्षण सुरु भएको हो ।

अहिले डा.भट्टराईको टीमले त्यहाँ भएको ‘जैव सुरक्षा स्तर–२’ को प्रयोगशालामा परीक्षण गरिरहेको जनाइएको छ । परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षण गर्न थालिएको र यस केन्द्रमा एक लटमा १२ जनाको थ्रोट स्वाव (घाँटीको र्‍यालको नमुना) को परीक्षण गर्न सकिने जनाइएको छ ।

प्रदेश नम्बर १ र २ बाट संकलित नमुनाहरु प्रतिष्ठानमा ल्याइनेछ । यसअघि प्रतिष्ठानमा ८० जना शंकास्पद कोभिड–१९ को बिरामीको परीक्षणका लागि २० वटा घाँटीको र्‍यालको नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । ती नमुना मध्ये १७ जनामा कोरोना नदेखिएको र बाँकी ३ वटा नमुना परीक्षणको परिणाम आउन बाँकी रहेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ । पहिलो कोरोना पोजिटिभको केश अन्तर्गत माघ ९ गते नै पोजिटिभ देखिएको र हाल उनी पूर्ण स्वस्थ छन् ।