देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै इटालीमा ६ सय २७ जनाको मृत्यु

देशान्तर

 

कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा सबैभन्दा धेरै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । चीनमा बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । त्यहाँ ४१ जनामा नयाँ संक्रमण फेला परेको छ ।

त्यस्तै स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियममा १६ जनाले बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्