देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोर्चुगलमा एक नेपालीलाई कोरोनाको संक्रमण, सँगै बस्ने ७४ जना क्वारेन्टाइनमा

देशान्तर

काठमाडौ । पोर्चुगलमा एक नेपालीलाई कोरोनाको संक्रमण भएको छ । पोर्चुगलको फारो सहरमा खेतीपाती गरेर बस्ने एक नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

फारो शहरमा करिब २० हजार नेपाली बसोबास गर्ने अनुमान गरिन्छ । त्यहाँ बस्ने पत्रकार पदम गौतमले एक नेपालीलाई कोरोनाको संक्रमण देखिएको जानकारी नेपाली सञ्चार माध्यमलाई दिएका छन् ।

उनका अनुसार खेतीपाती गरेर बस्ने ती नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले उनीसँगै बस्ने अन्य ७४ जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखेको छ।