देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरसको प्रभावः चीनसँगको व्यापार ३२ प्रतिशतले घट्यो

देशान्तर

काठमाडाैँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको छ ।

विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामाग्रीको आयात प्रभावित भएको हो । विशेष गरी गार्मेन्ट, खेलौना, स्याउ प्लाष्टिकका सामान, जुत्ता, चप्पललगायतका सामाग्रीको आयात घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।