देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पको कोरोना भाइरस रिपोर्ट नेगेभिट आयो

देशान्तर

 

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

रिपोर्ट नेगेटिभ देखिएको पुष्टि भएको छ’ ट्रम्पका चिकित्सक सेन कोल्लीले भनेका छन्।

एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ उपस्थित केहीमा कोभिड–१९ भाइसर संक्रमण देखिएको थियो । उनी ती प्रतिनिधि मण्डलसँगै रात्री भोजमा समेत सहभागी भएका थिए ।

७३ वर्षीय ट्रम्पलाई पनि भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको हो । एएफपीका अनुसार कोभिड–१९ भाइसरका कारण हालसम्म अमेरिकामा ५१ जनाको ज्यान गइसकेको छ ।
शुक्रबार देखि अमेरिकामा संकटकालको घोषणा गरिएको छ । युरोपियन राष्ट्रबाट अमेरिका प्रवेश गर्न एक महिनामा लागि रोक लगाइएको छ।