देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व श्रवण शक्ति दिवसको अवसरमा नर्भिकमा निःशुल्क कान जाँच तथा परामर्श सेवा

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन २० गते मंगलवार तदनुसार मार्च ०३, २०२० का दिन मनाइदैछ । यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवण” रहेको छ ।

विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध सङ्क्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही सङ्क्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने खतरा समेत आइपर्न सक्छ ।

तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवणः श्रवण शक्ति कम भई आफ्नो गतिलाई सीमित हुन नदिऊँ” राखेको हुनुपर्छ । हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन् ।

नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता सङ्क्रमणहरु जस्तैः दादुरा, गलगाँड र रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने/गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू मुख्य रहेका छन् ।

श्रवण शक्ति ह्रास हुँदा मानिसलाई विविध कठिनाईहरु आइपर्ने हुन्छ । जस्तैः व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी, परिवार÷समाजमा एक्लोपनको महसुस हुने, आदि रहेका छन् ।

त्यस्तै वयष्क मानिसहरूको श्रवण शक्तिको ह्रासले उनीहरूको व्यवहारिक पक्ष वा संज्ञानात्मक गिरावट निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोग जस्ता खतरनाक समस्याहरूको सिकार हुनसक्ने जोखिम बढाइदिने हुन्छ । समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ ।

उपर्युक्त तथ्यलाई मनन गर्दै नर्भिकको नाक-कान-घाँटी विभागले यहि फागुन २० गते मंगलवार र २१ गते बुधवारका दिन विहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भूषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने छ ।

उक्त दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षण/जाँच समेत निःशुल्क गरिने नर्भिकले जनाएको छ । त्यसरी नै कानसम्बन्धी शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा ५०∞ छुट हुने जनाइएको छ । शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५०∞ छुट गरिने र श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५∞ छुटसहितको दर/रेटमा प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।