देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेरुजु फर्छ्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट, आइजिपी खनालले पाए पुरस्कार

देशान्तर

काठमाडौँ । गृह मन्त्रालय र मातहतका निकायहरुमध्ये बेरुजु फर्छ्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको नेपाल प्रहरीले गृह र त्यस मातहतका सम्पूर्ण निकायमध्ये ८५.१४ प्रतिशत बेरुजु फर्छ्योट गरेर सर्बोत्कृष्ट अंक प्राप्त गरेको हो ।

नेपाल प्रहरीको प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको आ.व. २०७३/०७४ सम्मको बाँकी बेरुजु रकम मध्ये ८५.१४ प्रतिशत फस्र्यौट गरेको र आ.व. २०७३/०७४ को लेखा परीक्षण भएको कुल अंकमा १.३५ प्रतिशतमा मात्र बेरुजु सीमीत गर्न सफल भएपछि बेरुजु फछ्र्यौटको प्रगतिमा सर्वोत्कृष्ट स्थान हासिल गरेको भन्दै गृहमन्त्रालयले खनाललाई ८ हजार नगर सहित प्रशंसा पत्रले पुरस्कृत गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३/०७४ आर्थिक वर्षको बेरुजु रकम रु. ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतम्मा झार्ने अभियान थालेको हो ।

२०७३/०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।

त्यसमा नेपाल प्रहरी अन्तरगतका ४४१ कार्यालय मध्ये १२९ कार्यालयहरुमा रु. ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो । गृह मन्त्रालय अन्तरगतको रु. २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो । यो बेरुजु रकम तात्कालीन गृह सचिव नारायण गोपाल मलेगोको पालाको हो २०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते र अर्का तात्कालीन गृह सचिव लोकदर्शन रेग्मी २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म रहँदा बेरुजु रकम रु २ अर्ब ५३ करोड ६८ लाख ९७ रहेको थियो ।