देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारा र पर्साका हावाहुरी पीडितलाई इक्यानद्वारा ५ लाख सहयोग

देशान्तर

काठमाडौं । बारा र पर्साका अधि बेहरी पीडितलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । यही चैत १७ गते २ नं. प्रदेश अन्तर्गतका जिल्ला बारा र पर्सामा भीषण आधिवेहरी (चक्रवात)मा करि तीन दर्जन मानिसको निधन हुनुका साथै सयौं घाइते भएका थिए । हावाहुरीका कारण दर्जनौं परिवार घरवार विहीन हुन पुगेका छन् ।

इक्यानले आफ्ना सदस्यहरुबाट स्वतःस्फूर्त रुपमा संकिलत ५ लाख २ हजार ५ सय छहत्तर रुपैयाँ प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतमार्फत राहत कोषमा हस्तान्तरण गरेको हो ।

इक्यान सदस्यहरुले मंगलबार प्रदेश न. २ को जनकपुरधाम स्थित मुख्यमन्त्री आवास पुगी सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल को पनि उपस्थिती थियो ।

इक्यानको तर्फबाट निबर्तमान अध्यक्ष प्रकाश पाण्डे, माहासचिब शेषराज भट्टराई, सह कोसाध्यक्ष निरुपमा महर्जन, सदस्य सुस्मा आचार्य र सुदन चौहानले उक्त चेक हस्तान्तरण गरेका थिए ।

इक्यानले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय समयमा आईपर्ने दैविक विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजीक उत्तरदायीत्व वहन गर्दे आएको जनाएको छ । यसै परम्पराको निरन्तरताको लागि यस पटकको विपत्तिमा पनि संघको आह्वानमा इक्यान सदस्यहरुले स्वतःस्फूर्त सहयोग गरेको इक्यान सह कोसाध्यक्ष तथा कर्पोरेट सामाजिक उत्तरदायित्व बिभाग प्रमुख निरुपमा महर्जनले बताइन् ।