देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकको नायब सिइओमा बोधराज देवकोटा नियुक्त

देशान्तर

काठमाडौं । सिटिजन्स बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको २ सय ९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

देवकोटाले २०७६ वैशाख १ गतेबाट नयाँ पदको कार्यभार सम्हाल्नेछन् ।

गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि नायब प्रमुख कार्यकरी अधिकृत पद खाली थियो । देवकोटाले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहोदामा रहेर काम गरेका छन् । उनी बैंकिङ क्षेत्रमा अनुभवी बैंकरका रूपमा परिचित छन् । देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापनमै स्नातकोत्तर गरेका छन् । उनको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।