देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इ.पी.एस परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

देशान्तर

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् । इपिएस परीक्षा फारम शुक्रबार (चैत ८)देखि खुल्दैछ । फारम भर्ने अन्तिम म्याद चैत १७ सम्म रहेको छ ।

उक्त अवधिभित्र सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्ने आईएमई पेले जनाएके छ । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ ।

परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाउनुभएको नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि https://eoers.epsnepal.gov.np/ साइटमा जानुपर्ने जनाइएको छ ।

झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।