देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तुल्सीपुरमा नेपाल इन्स्योरेन्सको ४१औं शाखा

देशान्तर

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दाङको तुल्सीपुरमा नयाँ शाखा स्थापना गरेको छ । कम्पनीले शुक्रवार एक कार्यक्रमबीच ४१औं शाखाको उद्घाटन गर्यो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, कम्पनीका अक्ष्यक्ष अर्जुन शर्मा पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले संयुक्त रूपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । तुल्सीपुरको व्यावसायिक सम्भावना र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ शाखा स्थापना गरिएको कम्पनीले बताएको छ ।

कार्यक्रममा बीमा समिति अध्यक्ष चापागाईले बीमा सेवालाई ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्ने बताए । यस्तै, कम्पनीका सीईओ शाहले यस शाखाबाट राम्रो र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही सन्दर्भमा तुल्सीपुर उप–महानगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । उक्त अन्तरक्रियामा समितिबाट अध्यक्ष चापागाईलगायत अन्य अधिकारीको सहभागिता थियो ।