देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३३ औं वर्षमा एनआइबीएल, क्रमिक मुद्दति खाताको शुभारम्भ

देशान्तर

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ३३ वर्ष पूरा गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

यो अवधिमा बैंकले ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकले आफ्नो ३३ औ वार्षिकोत्सवको उपलक्ष्यमा आजैबाट एनआईबीएल क्रमिक मुद्यती खाता सुभारम्भ गरेको छ । एनआइबीएलको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्यती खाता खोल्न सक्ने र हरेक महिना न्युनतम रु.३३३ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउन सक्ने जनाइएको छ । थोरै थोरै नगद जम्मा गरेर पनि मुद्यती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको बैंकले जनाएको छ ।

त्यस्तै बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले आजैबाट बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेशगरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विबास गर्नका लागि एनआइबीएलले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो ।

त्यस्तै ३३औं वार्षिकोत्सवको सुखद अवसरमा एनआइबीएल भिसा कार्ड प्रयोगकर्ताका लागि पिओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिदै छ । यसमा सर्तहरु लागु हुने जनाइएको छ ।

यस वर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटीएम र पिओएस मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम रु.९ अर्ब ७७ करोड पुगेको जनाइएको छ । शेयरधनी कोष रकम रु.२४ अर्ब ८७ करोड पुर्याई निजी क्षेत्रका बैंकहरुमध्ये उच्च स्थानमा रहेको विज्ञप्तिमा उल्लेख छ । बैंकले २०७४–७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू. १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी रू.१ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।

३३ औं बसन्त पार गर्र्दा आर्थिक वर्ष २०७५–७६ को दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमाससम्ममा बैंकले ४ अर्ब ७ करोड संचालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको विज्ञप्तिमा उल्लेख छ ।

बैंक अफ द इयर पाँच पटक प्राप्त गरिसकेको एनआइबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेस्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ‘ए’ बाट ‘ए प्लस’ ल्याई स्त्तरोनन्ति गरेको जनाइएको छ ।