देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब नेपाली कांग्रेस सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्नेछः ज्ञानेन्द्रबहादुर कार्की,नेता नेपाली कांग्रेस

देशान्तर

हामी यो केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि बृहत् रूपमा सदस्यता वितरण गछौँ । सदस्यताको माध्यमबाट नेपाली कांग्रेस आफ्नो अभियानलाई व्यापक रूपमा जनताको घरदैलोमा पुर्याउन चाहन्छ । अब नेपाली कांग्रेस सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्नेछ । यो विषयमा कसैले दुविधा नराखे हुन्छ ।

यो सरकार गठन हुनुभन्दा पहिले तपाईंले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो र अहिले सरकारले जनतालाई गलत तथ्यांक दिएर ढाँटिरहेको छ भनिँदैछ । के अन्तर पाउनुहुन्छ ?

गत वर्ष संघ र प्रदेशको निर्वाचन सम्पन्न गरेर नेपाली कांग्रेसको सरकारले तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दा नेपालको अर्थतन्त्र नकारात्मक थिएन । आर्थिक सूचकांकहरूले लय समातिसकेको अवस्था थियो । आर्थिक वृद्धिदर सकारात्मक बाटोतर्फ लागेको थियो र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको लागि लगानीको वातावरण पनि तयारी हुँदै गएको थियो । तर, ओली नेतृत्वमा सरकार गठन गरेपछि यसले सरकारका नियमित विषयलाई भन्दा पनि दुई तिहाइको दम्भका रूपमा आफूलाई ग्रहण गर्न थाल्यो ।

जस्ले गर्दा सरकारको आर्थिक नीतिप्रति लगानीकर्ताहरू सकारात्मक बन्न सकेनन् । विकासका कामहरूले सही र मूलबाटो समाउन सकेनन् । यही सबैको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको छ । अहिले सरकार आत्तिएर भएको आर्थिक तथ्यांकहरूलाई तोडमोड गरेर जनतालाई भ्रमित पार्नुपर्ने आवश्यकता नै थिएन । जसरी स्वयम् प्रधानमन्त्रीले संसद्जस्तो सार्वभौमशक्ति सम्पन्न थलोमा उभिएर आर्थिक तथ्यहरूलाई बंग्याउने काम गर्नुभयो यसले सरकारलाई थप घाटा भएको छ । सत्य कुरालाई जस्ताको त्यस्तै राख्दा यो सरकारलाई कुनै घाटा हुने थियो भन्ने कुनै पनि कुरा म देख्दिनँ । यसले उल्टै अहिलेसम्म सरकारले जनतालाई भ्रमभित्र राखेको रहेछ र अझै भ्रमित बनाउन खोजिरहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ ।

हिजो जनतालाई जे आश्वासनहरू बाँडिएका थिए । ती आश्वासनलाई पूरा गर्नेतर्फभन्दा सरकार अन्यत्रै मोडिएकाले जनतालाई सत्य कुरा भन्ने आँट प्रधानमन्त्रीले गर्न नसकेको हो भन्ने मलाई लाग्छ । देशको अहिले आर्थिक अवस्था जनतालाई ढाँटेरमात्रै सुधार हुने अवस्थामा छैन । सरकारले केही विश्वासिला आधारहरू तयार गर्न सकेन भने यो सरकार भोलि निकै अप्ठ्यारो अवस्थामा पुग्ने सम्भावना देखिएका छन् ।

पछिल्लो समयमा नेपालको अर्थतन्त्रका विषयमा जे कुराहरू आइरहेका छन् । यी सत्य हुन् कि असत्य ? के धान्नै नसकिने अवस्थामा पुगेको हो ?

अहिले सरकारी निकायहरूले भनेअनुसार विगतको देउवा नेतृत्वको सरकारको समयमा भन्दा केही कमजोर अवस्थामा नेपाली अर्थतन्त्रका सूचकहरू रहेको कुराहरू आइरहेका छन् । हामीले सत्ता हस्तान्तरण गर्दा मुलुकको आर्थिक अवस्था धेरै राम्रो नभए पनि नरामै्र अवस्थामा थिएन । पछि अर्थमन्त्रीले श्वेतपत्र जारी गर्दै खराब सूचकहरू पनि देखाउनुभयो । र अहिले प्रधानमन्त्रीले भनेका सूचकहरू अर्थमत्रीले जारी गरेको श्वेतपत्रभन्दा पनि कमजोर अवस्थामा रहेको भनेर अर्थविद्हरूले भनिरहनु भएको छ ।

सरकारले विभिन्न कोणबाट ढाकछोप गर्दागर्दै पनि देखिएका यी तथ्यहरूले पनि के कुरालाई प्रस्ट गरेको छ भने कांग्रेसले सत्ता हस्तान्तरण गर्नुभन्दा पूर्व आर्थिक क्षेत्र सुधारतर्फ अगाडि बढेको थियो । त्यसकारण अहिले सरकारी खर्च र सामान्य विकासका आयोजनाहरू अघि बढाउन अप्ठ्यारो नै परेको अवस्था चाहिँ होइन तर, सरकारले सुधार गर्न सकेन र यही गतिमा ओरालो लाग्यो भने समस्याग्रस्त अवस्था आउने निश्चित छ । देशको अर्थतन्त्रमा सुधार हुनका लागि अनुकूल वातावरण बनाउन आवश्यक हुन्छ ।

राजनीतिक वातावरण, सामाजिक वातावरण, लगानीको वातावरण र लगानीका लागि नीतिगत कुराहरूको वातावरण तयार भएन भने कुरा गरेर र ठूला सपना जनतालाई बाँडेरमात्रै अर्थतन्त्रमा सुधार आउँदैन । लगानीकर्ताले आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने अनुभूति नगरेसम्म लगानी गर्दैनन् । थर्काएर र तर्साएर कोही पनि लगानी गर्न आउँदैन । सरकारले यसका लागि उचित वातावरण बनाउनुपर्छ । एक वर्ष बित्न लागिसक्यो तर, सरकारले अहिलेसम्म यो कारणले नेपालमा लगानी गर्न आउनुपर्छ भन्न सकेको छैन ।

सरकारले दोस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ । पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आए पनि रकम नआएको भनिएको छ । दोस्रो लगानी सम्मेलनमा लगानी आउँछ भन्ने के ग्यारेन्टी छ ?

नेपालको आर्थिक विकासका विषयमा हामी जोसुकै सरकारमा भए पनि बाह्य लगानीलाई नेपालमा नल्याएसम्म चाहेअनुसारको विकास गर्न सकिँदैन । हाम्रो आन्तरिक स्रोत र साधनले अहिले सरकारी खर्च चलाउन पनि समस्या नै छ । त्यसकारण बाह्य लगानीलाई आकर्षित गर्ने खालका आर्थिक नीतिहरू तयार हुन आवश्यक छ ।

अहिलेको सरकारको सबैभन्दा ठूलो कमजोरी यसैमा देखिएको छ कि यो सरकारको आर्थिक नीति के हो र कसरी अगाडि बढ्छ भन्ने कुरामा अहिले कोही पनि विश्वस्त हुन सकिरहेको अवस्था छैन । मैले पनि सरकारले दोस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ भन्ने सुनेको छु । पहिलो लगानी सम्मेलनमा पनि हामीले पर्याप्त तयारी गर्न सकेका थिएनौं र त्यो समयमा नेपालका अब राजनीतिक अस्थिरता हटेर जान्छ ।

बन्द हडतालजस्ता कुराहरू हुने छैनन् र अब आउने सरकारहरूले नयाँ नीति बनाएर लगानीलाई सुरक्षित बनाउँछन् भन्ने अपेक्षाले १४ खर्बको प्रतिबद्धता आएको थियो । पछि निर्वाचनलगायतका कारणले गर्दा यो लगानी ल्याउन जति प्रयास र मेहनत गर्नुपर्ने थियो त्यो नपुगेकै हो । र, जहाँसम्म एक रुपैयाँ रकम आएन भन्ने कुरा छ यो झुट हो ।

उक्त समयमा प्रतिबद्धता जाहेर गरिएको करिब ४ खर्ब रकम जति आइसकेको छ र अरू आउने तयारीमा रहेको छ । ४ खर्ब रकम भनेको पनि हाम्रा लागि सानो रकम होइन । अर्को कुरा अहिले यो सरकारले गरेको लगानी सम्मेलनमा कसरी रकम आउँछ भन्ने प्रश्न छ समस्या पनि यहीनेर छ । पहिले स्थिर सरकार भएन ।

निर्वाचनलगायतका कारणले गर्दा नेपालको आर्थिक नीति लगानीयोग्य बनाउन सकिएन । तर, अहिले नेपालमा दुई तिहाइको बहुमतको सरकार छ । सरकार गठन भएको एक वर्ष भयो । अहिलेसम्म सरकारको आर्थिक नीति कस्तो भन्ने कुरामा सरकारका मन्त्रीहरू समेत प्रस्ट हुन सकेका छैनन् । सरकार प्रस्ट नहँुदा सम्मेलनको उद्देश्य पूरा हँुदैन र लगानी ल्याउने सरकारको नीतिमा मेरो व्यक्तिगत कुनै कमेन्ट पनि छैन ।

यही माघ १० गतेका लागि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । छलफलका एजेन्डाहरू के के छन् र के निर्णय गर्दै हुनुहुन्छ ?

हामीले लामो प्रयास र आन्तरिक छलफल पछि गत मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म महासमितिको बैठक सम्पन्न गरेका छौं । निर्वाचन सम्पन्न भएपछि पार्टीभित्र विभिन्न असन्तुष्टिहरू पनि बढेर आएका थिए र आज जनमानसले नेपाली कांग्रेस अब कसरी अगाडि बढ्छ, कस्ता नीतिहरू लिएर जनताको माझमा कांग्रेस आउँछ भन्ने एक खालको कौतुहलता थियो । तर, यी सबै कौतुहलतालाई चिर्दै हामीले महासमितिको बैठक मात्रै सम्पन्न गरेका छैनौं कि कांग्रेस पार्टीमा अब नेताहरूमा कसरी एकता हुन्छ भनेर हेर्नेहरूलाई पनि जवाफ फर्काएका छांै ।

नेताहरूको एकतासँग कांग्रेसमा फेरि नयाँ उत्साह पलाएको छ । र, यो उत्साहलाई अझ प्रभावकारी ढंगले परिचालन गर्नका लागि महासमितिको बैठकबाट पार्टीको संशोधित विधानसहितका केही प्रस्तावहरू पनि पारित भएका छन् । ती प्रस्तावहरूमा आएको धेरै सुझावहरूलाई समेट्नुका साथै विधानलाई पनि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने भएकाले माघ १० गते केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

यो बैठकले महासमितिबाट पारित भएका सबै विषयहरूलाई परिमार्जित गर्न, अन्तिम निष्कर्षमा पु¥याउन र केन्द्रीय समितिले पारित गरेका विषयहरूलाई नेपाली कांग्रेसका सबै तहहरूमा परिपत्र जारी गर्ने काम गर्नेछ । यो सँगसँगै देशमा घटिरहेको राजनीतिक घटनाक्रमहरूलाई पनि समीक्षा गर्दै पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा निर्णय लिनेछ र पार्टीको आधिकारिक धारणा पनि आउनेछ । अहिले राज्यको परिपाटी नै नयाँ व्यवस्थामा लगिएको छ ।

संघीय, समावेशी र धर्म निरपेक्षतालगायत पाँचवटा मूलभूत मान्यतामा आधारित रहेको नेपालको संविधान २०७३ नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको हो । त्यसकारण यो संविधानलाई कार्यान्वयन गर्नु भनेको संघीयतालाई व्यावहारिक रूपमा कार्यान्वयनमा लानु हो । महासमितिले पारित गरेको नेपाली कांग्रेसको नयाँ विधानअनुसार संघीय संरचनाअनुसार पार्टीका संगठनहरूलाई निर्माण गर्नु नै हो ।

यो बाहेक राष्ट्रका समस्याका सवालमा पनि केन्द्रीय समितिले ठोस धारणा लिएर आउनेछ । अहिले आम जनताले कांग्रेसमा एकता खोजिरहेका छन् । यो बैठकपछि नेताहरूमा भएको गुट र उपगुटहरूको अन्त्य हुनेछ र कांग्रेस एक ढिक्का भएर कार्यक्रमका साथ जनतामा जानेछ ।

कांग्रेसले पार्टीलाई नयाँ व्यवस्थाअनुसार लाँदा आठ तहमा सांगठानिक संरचनाहरू बनाउने भनेको थियो । महासमितिको बैठकपछि पहिलो पल्ट केन्द्रीय समितिले संशोधित विधान अनुमोदन गर्दै छ । के फरक छ पहिलेको विधान र अहिलेकोमा ?

अहिले धेरै कुराहरू परिवर्तन भएका छन् । पहिलो कुरा त संशोधन हुनुभन्दा अगाडिको नेपाली कांग्रेसको विधान पहिलेको राज्य व्यवस्था र शासकीय स्वरूपअनुसारको थियो । अहिले यी कुराहरू परिवर्तन भएका छन् र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार विधानलाई परिमार्जन गरेका छौं ।

अहिलेको संविधानले संघीयतालाई अंगीकार गरेको छ । तर, हाम्रो पहिलेको विधानमा संघीयता भन्ने विषय थिएन । दोस्रो नेपालको संविधानले समानुपातिकको सिद्धान्तलाई अँगालेको छ । हामीले पनि त्यही अनुसारको विधान बनाएका छौं । र, अहिले नेपाली कांग्रेस देशको यो कुरामा पहिलो पार्टी बनेको छ कि जस्ले देशको संविधानले गरेको व्यवस्थाअनुसार समानुपातिक प्रतिनिधित्व गर्ने ग्यारेन्टी पार्टीभित्र गरेको छ ।

यो व्यवस्था नेपालमा अरू कुनै पनि पार्टीले गरेका छैनन् । हामीले विधानमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको ग्यारेन्टी गरेका छौ । त्यसैगरी संविधानले भनेअनुसार नै महिला, आदिवासी, खस, आर्य, दलित, मधेसी, जनजाति पिछडावर्ग, मुिस्लम, थारू र अल्पसंख्यक समुदायलगायतको जनसंख्याको बनोटअनुसार सबै जाति धर्म समुदायलाई समेटर एक बनाउने ग्यारेन्टी गरेका छौं । र, नेपालमा मात्र हैन विश्वका धेरै देशहरूमा नेपाली कांग्रेसको विधान उदाहरणीय बन्न सक्छ ।

अरू पार्टी आन्तरिक कार्य सञ्चालन, सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ । कुन पदका लागि कहाँदेखि निर्वाचित भएर आउनुपर्ने लगायतका विषयहरूमा पनि धेरै परिवर्तन भएको छ । यी कुराहरूलाई कार्यान्वयनमा लागि अहिले नेपाली कांग्रेसमा एकताको आवश्यकता छ ।

तपाईंले जस्तै नेताहरूले पनि हामी एक भएको छांै र एकताको सन्देह लिएर अब जनतामा जान निर्देशन पनि दिनुभएको थियो । तर, अहिलेसम्म कुनै कार्यक्रम नआएकाले कार्यकर्ता र शुभेच्छुकहरू विश्वास गर्न सकिरहेका छैनन् नि ?

नेपाली कांग्रेस पार्टी जस्ले बुझेको छ । जस्ले कांग्रेसको परम्परालाई बुझेको छ । उहाँहरू कसैले पनि अब दुविधा राख्नु पर्दैन । हिजोको प्रतिबन्धित अवस्थामा पनि कांग्रेसले जे जस्ता निर्णयहरू गर्दै आएको थियो त्यसलाई जिम्मेवारीपूर्वक पालना पनि गर्दै आएको छ । जीवनको बलिदान दिए पनि हामीले अक्षरश पालना गर्दै आएका छौ र अहिले पनि पूर्ण रूपमा पालना गर्नेछौं भन्ने म विश्वास दिलाउन चाहन्छु ।

पक्कै पनि कांग्रेसका केही समयका असन्तुष्टिहरूले आमकार्यकर्ता र जनतामा निराश बनाएको छ । तर, त्यो निराशालाई कांग्रेसले लम्ब्याएको छैन । फेरि जनताका अगाडि प्रतिबद्धता जनाउँदै एकताको सन्देशसहित भएका गल्तीहरू सच्याउने प्रतिबद्धता जनाएका छांै । अहिले कांग्रेस प्रतिपक्षमा बसेको अवस्थामा पनि यो पार्टीप्रति जनताका आशा र अभिलाषाहरू कायमै छन् । सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ ।

यो अवस्थामा सरकारलाई जनताप्रति जागरूक बनाउन कांग्रेसले भूमिका खेल्नैपर्ने अवस्था आएको छ । र, यो भूमिकाका लागि कांग्रेसमा एकताको, हार्दिकताको आवश्यकता छ । यो आवश्यकतालाई सबै साथीहरूले महसुस गरेर महासमितिको बैठकमार्फत हामीले विभिन्न निर्णयहरू गरेका छौं । अब ती निर्णयहरूलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसले आफ्ना संगठनहरूलाई पूर्णरूपमा परिचालित गर्नेछांै ।

पार्टीको चौधौं महाधिवेशन नजिकिँदै गएको छ । तर, तपाईंहरूले अझै पनि पार्टीका संगठनहरू निर्माणको काम सुरु गर्नु भएको छैन । भएका भ्रातृ संस्थाहरू पनि परिचालिन गर्न सक्नु भएको छैन । सदस्यता वितरणमा पनि अन्योलता छ । ढिला भएन ?

अहिले पनि कांग्रेस पूर्ण रूपले संगठनविहीनकै अवस्थामा छैन । केन्द्रदेखि जिल्ला र गाउँगाउँसम्मका सबै संगठनहरू परिचालित नै छन् । फरक के हो भने पहिले भएको संगठनहरूलाई अझ विस्तार गर्न बाँकी छ । कतिपय ठाउँमा संरचनाहरू थप्न बाँकी छ । पहिले जे नामाबाट संगठनहरू बनेको थिए ।

उनीहरूलाई देशको संघीय संरचना र संविधानअनुसार बदल्नुपर्ने कामहरू मात्रै बाँकी रहेका हुन् । संगठनका हिसाबले अहिले पनि नेपाली कांग्रेस कमजोर छैन । त्यसकारण हामी हाम्रा संगठनहरूलाई अझै विस्तार र व्यापक बनाएर लाने काम चाँडै नै गर्नेछौ । अर्को नेपाली कांग्रेसको सदस्यताका विषयमा पनि कुनै अन्योलता छैन ।

हामी यो केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि बृहत् रूपमा सदस्यता वितरण गर्छांै । सदस्यताको माध्यमबाट नेपाली कांग्रेस आफ्नो अभियानलाई व्यापक रूपमा जनताको घरदैलोमा पु¥याउन चाहन्छ । अब नेपाली कांग्रेस सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्नेछ । यो विषयमा कसैले दुविधा नराखे हुन्छ ।

नेपाली विद्यार्थी संघले महाधिवेशन सम्पन्न गर्न सकेन । सातजना केन्द्रीय पदाधिकारीले राजीनामा पनि दिएका छन् । अब के हुन्छ नेविसंघ ?

योभन्दा पहिले बसेको केन्द्रीय समितिले नेविसंघको म्याद थप गर्दै माग २ गतेभित्र महाधिवेशन सम्पन्न गराउने म्यान्डेट दिइएको थियो । तर, नेविसंघको यो कार्यसमितिले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न सकेन । अब स्ववियु निर्वाचन पनि नजिकिँदै गएकाले त्योभन्दा अगाडि महाधिवेशन सम्पन्न गर्न सम्भव पनि छैन । त्यसकारण नेविसंघका नेताहरूसँग छलफल गरेर यो विषयमा पार्टीले एउटा निर्णय गर्छ । पार्टी सभापतिले पनि १० गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ भन्नु भएको छ ।

बैठकमा अरू नेताहरूसँग पनि छलफल गरेपछि नेविसंघको विषय टुंगोमा पुग्छ । नेविसंघ भनेको एउटा छुट्टै इतिहास बोकेको संगठन हो । नेविसंघ अहिले स्ववियु निर्वाचनमा केन्द्रित हुनुपर्छ । जो जो विद्यार्थी नेताहरू जिम्मेवारीमा रहेका छन् उनीहरूले यसको गौरवशाली इतिहांसमा आँच आउन दिनु हँुदैन । आन्तरिक केही असमझदारी छन् भने त्यसलाई एक ठाउँमा बसेर समाधान गर्नुपर्छ । अब पार्टीले के गर्छ भन्ने विषयमा केन्द्रीय समितिको बैठकमा जे निर्णय हुन्छ । त्यो निर्णय नेविसंघका नेताहरूमा सर्कुलर जारी हुन्छ र उनीहरूले त्यसलाई मानेर अगाडि बढ्नुपर्छ ।

कांग्रेसले प्रतिपक्षमा बसेर आफ्नो धर्म बिर्सियो भन्ने आरोपहरू पनि तपाईंहरूमाथि लागिरहेका छन् । यसमा तपाईं के भन्नुहुन्छ ?

नेपाली कांग्रेस प्र्रतिपक्षमा बसेको बेला आफ्ना कर्महरू र धर्महरूलाई न हिजो बिर्सिएको थियो न त आज नै बिर्सिएको छ । तर, कांग्रेसले यो सरकारलाई जुन रूपमा काउन्टर गर्नुपर्ने थियो त्यो अझै नपुगेको अनुभूति हामीहरूलाई पनि भइरहेको छ । अब नेपाली कांग्रेसले संसदीय मूल्य, मान्यता र मर्मलाई पनि ध्यानमा राखेर सशक्त प्रतिपक्षको रूपमा अगाडि बढ्न आवश्यक भइसकेको छ ।

किनभने हामी यो देशको सबैभन्दा जनताप्रति जिम्मेवार शक्ति हौं । समयमै सरकारले आफूलाई सच्याउँदैन । भएका गल्ती र कमजोरीहरूलाई सुधार गर्दैन भने नेपाली कांग्रेस सदन र सडकबाट यसको उत्तर दिन तयार हुनेछ । हामी सबैको चाहना मुलुकको समृद्धि नै हो । मुलुकको समृद्धिलाई अगाडि बढाउने कुरामा हामी सरकारलाई उसले आवश्यकता महसुस गरेभन्दा बढी साथ र सहयोग पनि दिन्छौं । तर, सरकारले समृद्धिका नाउँमा नियन्त्रित प्रणालीलाई अवलम्बन गर्ने चेष्टा गर्दै छ त्यसको विरुद्धमा नेपाली कांग्रेस सबै ठाउँमा लड्नेछ ।

सरकारका गलत कामलाई काउन्टर दिनका लागि नेपाली कांग्रेसले छायाँ सरकार गठनको तयारी गरिरहेको छ । कस्तो सरकार बनाउँदै हुनुहुन्छ ?

संसारभरि छायाँ सरकार गठनको जुन परम्परा छ त्यही परम्पराअनुसार हामीले पनि छायाँ सरकार बनाउने छांै । सरकारको काम र मन्त्रालयको प्रकृति हेरेर छायाँ सरकार बनाउनेछौ । यसलाई संगठित रूपले व्यवस्थित बनाउँदै मन्त्रालयगत विषय विज्ञतालाई पनि आधार मानेर गठन गरिनेछ ।

छायाँ सरकार भनेको सरकारले प्रयोग गरेको कार्यकारी अधिकार सही ठाउँमा परेको छ कि छैन भनेर हेर्ने हो । यदि सरकारले प्रयोग गरेको अधिकार जनताको हित र राष्ट्रिय हित विपरीत छ भने त्यसमा खबरदारी गर्नु छायाँ सरकारको काम हो । यसले मुख्यतया दुई विषयलाई प्राथमिकता दिन्छ ।

एउटा सरकारलाई खबरदारी गर्ने र अर्को सरकारले यसरी गलत काम गरिरहेको छ है भनेर जनतालाई सूसूचित गर्ने हो । अहिले किन छायाँ सरकार चाहियो भने अहिले सरकारले बाटो विराएको छ । यो पनि केन्द्रीय समितिको बैठकपछि गठन हुन्छ होला ।