देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांगठानिक ढाँचामा आमुल परिवर्तनः कांग्रेस नेता,पाण्डे

देशान्तर

नेपाली कांग्रेसको महासमितिको बैठक पार्टी एकता सम्मेलनको रुपमा सम्पन्न भएको छ । निर्धारित समयभन्दा चारदिन ढिलोगरी सम्पन्न भएपनि नेताहरु एक हुनुभएको छ र पार्टीलाई एकताको सन्देश दिदै संगठन बिस्तार गर्न निर्देशन पनि भएको छ ।

महामितिको बैठकको मुल उद्देश्य भनेको नेपाली कांग्रेसको विधानलाई केही संशोधन गर्न आवश्यक थियो । हामीले संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि संघीय ढाँचामा पार्टीलाई रुपान्तरण गर्न आवस्यक पनि भइसकेको थियो । पार्टीलाई संघीय मोडलमा लानका लागि नेपाली कांग्रेस पार्टीको ढाँचामा पनि परिवर्तन गर्नुपर्ने भयो ।

फलस्वरुप केन्द्रीय समितिको आकार र पादाधिकारीको आकार पनि बढाउनु पर्ने अवस्था भयो र त्यही अनुसार एकतिहाइ महिलाको सुनिश्चिता, समावेसिता आदिलाई मध्य नजर गरेर हामीले विधानको परिमार्जन पनि गरेका छौ । पार्टीलाई सवै तहको प्रतिनिधित्व गराउन हामीले सवै महिला, आदिवासी, जनजाती, पिछडावर्ग, खस–आर्य समेत मिलाएर केन्द्रीय समिति र पदाधिकारीको आकार बढाएका छौ ।

पदाधिकारीमा कोषाध्यक्ष सभापतिले मनोनित गर्न पाउने गरी अरुसबै निर्वाचित भएर आउनुपर्ने व्यावस्था पनि गरिएको छ । सदस्यताका विषयमा खासै परिवर्तन भएको छैन । पहिले साधारण सदस्य र क्रियासिल सदस्यता भन्ने थियो भने अहिले साधारण सदस्य भनेको ठाँउमा नेपाली कांग्रेसको सदस्यता भनिएको छ । अरु विषयमा खासै परिवर्तन भएको छैन ।

कार्यसमितिको बैठक सम्पन्न गर्ने क्रममा केहि विवादहरु आए र कतिपय मान्छेहरुलाई कतै पार्टीको विभाजन हुने हो की भन्ने सम्मका शंका पनि नआएका होइनन् । कतिपयलाई भन्दा पनि हामी आफैलाई पनि कति नेताहरुले महामितिलाई विचमै अन्यौल बनाउने पो हुन कि भन्ने लागेको थियो । तर, अन्त्यमा आएर कांग्रेस एक भएको छ ।

एक भएर जनतामा जान नेताहरुले आग्रह गर्नु भएको छ । महासमितिको बैठकमा सबै जसो विषयमा सहमति पनि जुटेको छ । खाली केहि परिमार्जन गर्नुपर्ने कुराहरु केन्द्रीय समितिले परिमार्जन गर्ने भनेको छ । यो पनि चाडै केन्द्रीय समितिको बैठक बसेर पमिार्जन हुन्छ ।

महासमितिमा प्रस्तुत भएको राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव आर्थिक प्रस्ताव सबै पारित भएका छन् र आब कांग्रेस यि प्रस्तावहरुलाई टेकेर जनतामा जानेछ । अर्को महासमितिको बैठकमा आएका सबै प्रस्तावहरु पारित गराउन दुइ तिहाइको आवस्यकता पर्ने र धेरै महासमिति सदस्यहरु फर्किसकेको भन्ने विषय पनि आएको छ । तर, महासमितिको बैठकमा प्रस्तुत भएको प्रस्तावहरुमा फरक मत आयो भने मात्रै मतदानमा लागिने प्रावधान छ ।

एउटा पनि फरकमत नपरेकाले अल्पमत र बहुमतको कुरा आउने कुरा नै भएन । नेताहरु एकमत भएर आउनु भएको छ, सभापति आफैले पनि भन्नु भएको छ– कांग्रेस विभाजन रमाउन चाहनेहरुको सपना पुरा हुन सकेन हामीले उनिहरुलाई असफल बनाइदिएको छौ । र, बास्तवमै उनिहरुलेको प्रयास असफल पनि भएको छ ।

आगामी दिनमा पनि कांग्रेस यसरी नै एकताका साथ अगाडी बढ्छ भन्ने कुरामा हामी बिस्वस्त भएका छौं । अहिले कांग्रेसमाथि धेरै ठूलो जिम्मेवारी पनि आएको छ । अहिलेको सरकार निरङकुशता लाद्नेतर्फ अगाडि बढीरहेको छ । यसका विरुद्धमा कांग्रेसले फेरि लड्नुपर्ने अवस्था आइपरेको छ । यसको तयारी भइरहेको र कांग्रेस एक भएर लड्नुपर्छ, लड्छ पनि ।

कांग्रेसमा एकताको महासमिति सकिएपछि अब नयाँ कार्यक्रममका साथ अगाडी जाने तयारी पनि भइरहेको छ । पुस १६ को मेलमिलाप दिवस संगसंगै नेताहरु जिल्ला जिल्ला जानुभएको छ । यो अवसर पारेर कांग्रेसले आफ्ना कार्यक्रमहरु अगाडी ल्याउने तयारी महासमितिको बैठक पछि गरेको हो । मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेताहरु नेपाल फर्किएको सन्दर्भमा केन्द्रदेखि जिल्ला तह, वडा वडा सम्म कांग्रेसका कार्यकर्ताहरु परिचालित हुनेछन ।

महासमितिको बैठकमा सभापति शेराहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष पनि गरिसक्नु भएको छ कि अब सरकारविरोधी आन्दोलनमा जाने समय भइसकेको छ । पुस १६ गतेको मेलमिलाप दिवसको दिनदेखि सबै कार्यकर्ताहरु अन्तिम संघर्षका लागि तयार हुनुपर्छ भन्नु भएकाले केन्द्रीय सदस्यहरु जिल्ला तहका नेता तथा कार्यकताहरु तयारी अवस्थामा पनि बस्नु भएको छ ।

सरकारले अहिले कुरा ठूलठूला गरिरहेको छ भने साना साना काम पनि गरिरहेको छैन । सरकार चौतर्फी अलोकप्रिय हुँदै गइरहेको अवस्थामा आम नेपाली जनताहरुले प्रतिपक्षी कांग्रेस कहाँ छ भनेर खोजविन गरिरहेको अवस्था छ । दिनदिनै संस्थागत भ्रष्टाचारका कुराहरुमा सरकार फस्दै गइरहेको छ । स्वतन्त्रता कुण्ठित भइरहेका छन् । दिनहु जसो बलात्कारका घटनाहरु बढी रहेका छन । सरकारका यस्ता जनविरोधी काममाथि नियन्त्रण गर्न पनि कांग्रेसले आगामी दिनमा संघर्षका कार्यक्रमहरु ल्याउन आवस्यक छ । (देशान्तर रेडियो कुराकानीमा आधारित छ ।)