देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

“सरकार कुहियो न्याय जति चुहियो” राजधानीमै प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

देशान्तर

काठमाडौं।  नेपाल विद्यार्थी संघ पद्यम कन्या क्याम्पस इकाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कडा कारबाहीको माग गर्दै प्रधामन्त्री ओलीको पुत्ला दहन गरेको हो । क्याम्पस इकाइ सभापति साधना घिमिरेको नेतृत्वमा क्याम्पसबाट निस्केको र्याली रत्नपार्क पुगेर पुनः क्याम्पसको गेटमा पुगेर कोर्ण सभामा परिणत भएको थियो ।

कोर्ण सभा सकिए लगत्तै आन्दोलिन नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।