देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ए’ डिभिजन लिगः सातौं चरणका खेलहरु शनिबारदेखि

देशान्तर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौ चरणका खेलहरु भोलिदेखि सुरु हुने भएका छन् । लिगअन्तर्गत् छैटौं चरणका खेल हिजो सकिएपछि भोलिबाट सातौ चरणका खेल सुरु हुनेछन् ।

छैटौं चरण सकिँदासम्म शतप्रतिशत नतिजासहित मनाङ–मर्स्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । थ्रीस्टारले मनाङलाई पछ्याइरहेको छ । हिजो भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मच्छिन्द्र क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।