देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाको सनफ्रान्सिस्कोमा विज्ञहरुको भेला सम्पन्न

देशान्तर

काठमाडौं । नेपालमा ज्ञान,सिप र प्रविधि हस्तन्तरण गर्न अमेरिकाको सनफ्रान्सिस्कोमा विज्ञ भेला सम्पन्न भएको छ । गैरआवासीय नेपली सघं,राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको भेलामा ३ सयभन्दा बढिको सहभागिता रहेको थियो । विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेका विज्ञता,सीप र दक्षतालाई नेपालीको आवश्यकता अनुसार उपयोग गर्न सम्मेलनको आयोजना गर्ने पूर्व तयारी भेला गरिएको हो।

सम्मेलनमा शिक्षा र विकास स्वास्थ्य,विज्ञानप्रविधि,सूचना प्रविधि,वातारण,पर्यटन र नविकरणीय उर्जा,आर्थिक सामाजिक क्षेत्रसँग सम्बन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी,पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहोनी,पूर्वपर्यटनमन्त्री रेवतीप्रसाद भुसाल,अमेरिकाका लागि नेपालका राजदुत डाक्टर अर्जुन कार्की, न्यूयोर्क लागि महावाणिन्यदूत मधु मरासिनी,तथा एनआरएनका अध्यक्ष भवन भट,पूर्वअध्यक्ष जिवा लामिछाने लगाएतको सहभागिता थियो ।

कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० मा एनआरएनएलाई सहकार्य गर्न मन्त्री अधिकारीले आग्रह गर्नुभएको थियो ।