देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिती कोरियाको सभापतीमा मल्ल विजयी

देशान्तर

सियोल । नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल विजयी भएकी छन् । सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदमा भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै आस्था निर्वाचित भएकी हुन् ।

यस अघि दुई पटक सोही पदमा पराजित उनले यसपटक भने सभापती पदमा बाजी मारिन् । निवर्तमान सभापती गिरिराज कुवँरको समर्थन मल्ललाई थियो भने पूर्व सभापती नवराज सिवाकोटी क्षेत्रीको पक्षमा थिए । कुल १५८ मत खसेकामा तीन मत बदर भएको थियो । जनसम्पर्क समिति कांग्रेसको प्रवासी संगठन हो ।

कसको कति मत ?

सभापति

आस्थाविन्दु मल्ल ९६, भजिन्द्र क्षेत्री  ५९

उपसभापति
जितेन्द्र महता ९४
लक्ष्मण दाहाल ८०
सुभाष योगी ६९
नवराज वाग्ले ६५
पुर्ण पौडेल ५४
भिमराज चेम्जोङ ४५

महामन्त्री
कुमार थापा ८३
गणेश तिमल्सिना७२

सह महामन्त्रि
मित्रबन्धु काफ्ले ८६
राम प्रसाद उप्रेति ६६

कोषाध्यक्ष
केपी चौलागाई ८९
रुपा गुरुङ ६६

सदस्य
पुष्कर राज भट्ट ८८
रत्न लिंथेप ९०
योगेन्द्र भट्टराई ११३
ध्रुब पाण्डे ७८
सिताराम तिमल्सिना ९३
पुर्ण बरुवाल ७४
खेमराज देवकोटा ८७
सौरभ पौडेल ७०
मनोज थापा १११
टिकाराम अधिकारी ५०
नेत्र खत्रि ७१