देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारमा अलपत्र तीन नेपालीको उद्धार

देशान्तर

काठमाडौं ।  नेपाल पत्रकार महासंघले कतार शाखाको अगुवाईमा अलपत्र परेका ३ जनालाइ उद्दार गरेको छ ।

 

कतारमा अलपत्र परेका अर्घाखाँची भूमिकास्थान–७ का तिलबहादुर रायमाझी, नवलपरासी सुनवल–१ का भिम चौधरी र रौतहटका सन्तोष पण्डितको उद्दार गरिएको हो


रायमाझी र चौधरी भोलि राति नेपाल फर्कदै हुनुहुन्छ भने सन्तोष पण्डितलाई फर्काउन पहल भइरहेको पत्रकार महासंघले जनाएको छ ।

 

काठमाण्डूको रोयल इन्टरनेसनल ओभरसिस प्रालिबाट गएको चैत २४ गते कतार पुगेका उनीहरुले भनेको काम र तलब नपाएपछि समस्यामा परेका थिए ।