देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाको चुनाव वैशाख २२ गते हुने निश्चित

देशान्तर

काठमाडौं ।  पाटन उच्च अदालतले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको चुनाव वैशाख २२ गते हुने निश्चित भएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश बिष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले गएको चैत ७ गते जारी गरेको अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो ।

 

गएको चैत १४ गते हुनुपर्ने एन्फा केन्द्रीय निर्वाचनमा आफूहरुलाई मताधिकारबाट बञ्चित गर्न लागिएको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुर जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणि श्रेष्ठले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । जसका कारण चैत १४ गते हुने एन्फा चुनाव स्थगित भएको थियो ।

 

तर, दुवै जिल्लाको विवाद समाधान गरी चैत २३ गते मकवानपुर र २८ गते भक्तपुरको चुनाव सम्पन्न भइसकेको अवस्थामा अन्तरिम आदेशको औचित्य सकिएको भन्दै एन्फाले बैशाख ३ गते अदालतमा अन्तरिम आदेश खारेजी (भ्याकेट) निवेदन दर्ता गराएको थियो ।