देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

देशान्तर

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गनेपल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक बुधबार गरेको हो ।

 

 

जसअनुसार क्रिकेटर सन्दीप र प्रतिमासँगै फुटबल किपर किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् । २०७४ मा वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका तथा चर्चामा रहेका खेलाडीमध्येबाट उत्कृष्ट पाँच जनाको छनोट गरिएको मञ्चले जानकारी दिएको छ ।

 

भोटिङ बुधबारदेखि नै खुलेको छ भने अवार्ड आयोजना हुने अघिल्लो दिन जेठ २ गते राति १२ बजेसम्म मत दिन पाइनेछ । पिपुल्स च्वाइस अवार्डको विजेताले मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनीका तर्फबाट पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।जेठ ३ गते आर्मी अफिसर्स क्लवमा हुने अवार्डमा आठ विधा रहनेछन् ।