देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै

देशान्तर

काठमाडौं ।  अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकी चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाएअनुसार ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी नेपाल फर्काउने तयारी गरेको हो ।

 

समाचारमा उल्लेख भएअनुसार टीपीएस खारेज गरी १ वर्षको समय दिएर अमेरिकी डोनाल्ड ट्रम्प सरकारने ९ हजार नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।

 

हालसम्म यस सम्बन्धि कुनै डकुमेन्टमा हस्ताक्षर नभए तापनि तीव्र रुपमा आन्तरिक तयारी थालिएको छ । यस विषयमा छिट्टै घोषणा गर्ने तयारी रहेको समेत समाचारमा उल्लेख छ ।