देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा मुम्बईसँग बैंग्लोर ४६ रनले हार्‍यो

देशान्तर

काठमाडौं । इन्डियन प्रिमियर लीग ९आईपीएल० क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४६ रनले हराएको छ ।मंगलबार राति भएको खेलमा बैंग्लोरका कप्तान विराट कोहलीले नटआउट ९२ रन बनाए पनि हार टार्न सकेनन् ।

 

पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याएको बैंग्लोर ८ विकेट गुमाउँदै १६७ रनमा समेटियो ।

 

मुम्बईको जितमा कप्तान रोहित शर्माले ९४ रनको योगदान गरे । ५२ बल सामना गर्दा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । रोहति प्लेयर अफ दी म्याचसमेत बने ।

 

यसैगरी एभिन लेविसले ६५, हार्दिक पाण्ड्याले १७ र कुनाल पाण्ड्याले १५ रन बनाए ।बलिङतर्फ बैंग्लोरका उमेश यादव र कोरी एन्डर्सनले समान २(२ विकेट लिए ।