देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कामदारको सचेतना वृद्धि गर्दै मलेसियाको नेपाली दूतावास

देशान्तर

मलेसिया । मलेसिया स्थित नेपाली दुतावासले कामदारको सचेतनाका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुतावासले पेनाङ राज्यको बुकित मर्ताजजाममा आईतबार नेपाली कामदारहरु सँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रमा नेपाली दुताबासका उपनियोग प्रमुख कुमार राज खरेलले कामदारले अपनाउनुपर्ने सावधानी, स्वास्थ्य सम्बन्धी सचेतना, अनुशासन तथा जिवनशैलीका बारेमा कामदारहरुलाई जानकारी गराएका थिए ।

उहाले राजदुतावासले प्रदान गर्ने सेवा सुबिधाका बारेमा जानकारी नहुदा धेरै नेपाली कामदारले मलेसियामा समस्या परेको भन्दै त्यसको बारेमा जानकारी दिनु भयो ।

त्यस्तै राजदुतावासका श्रम काउन्सेलर बद्रिकुमार कार्कीले बैदेशिक रोजगारसँग सम्बन्धित निकायबाट पाउने सेवा सुबिधा, कामदारले आप्रवासमा भोग्नु परेका समस्या, त्यसबाट बच्ने उपाय, रोजगारीमा जादाँ जान्नु पर्ने कुराहरुको बारेमा जानकारी गराए । कार्यक्रममा दूतावासका दितीय सचिव महेश्वर मणि त्रिपाठीले जेल तथा डिटेन्सन सेण्टरमा रहेका नेपालीहरुको उद्दार एवं कानूनि सहायता बारेमा जानकारी गराए ।

जन उद्दार केन्द्र, पेनाङ्गको समन्वयमा आयोजना गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष केशु थापाले पेनाङ्गमा रहेका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले धेरै नेपाली कामदार लाभान्वित भएको बताए । अध्यक्ष थापाले दूतावासले यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत विस्वास व्यक्त गरे ।

दूतावासद्धारा सूचनामूलक पुस्तिका बाडिएको थियो जन चेतना र कामदारहरुको आत्मविश्वासको लागि यस्ता कार्यक्रमहरु मलेसियाका बिभिन्न राज्यमा गर्दै जाने दूतावासद्धारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाली कामदार, बिभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो ।