देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी–२० एसिया छनोट प्रतियोगितामा नेपालले ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थाल्यो

देशान्तर

काठमाडौं

महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा आयोजक थाइल्याण्डले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । नेपालले राम्रो बलिङ गरेपछि थाइल्याण्ड सस्तैमा समेटिएको हो ।

बेंककस्थित टेर्डथाई मैदानमा अहिले नेपालले विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनाएको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिए । नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । नेपाल आफ्नो पहिलो खेलमा नै घरेलु टिमलाई पराजित गर्दै सुखद सुरुवात गर्ने रणनीतिमा छ । नेपाली टिमले विश्वकप छनोटको लागि लक्षित गर्दै बंगलादेश भ्रमण गरेको थियो । बंगलादेशबाट सिदै नेपाली टिम थाइल्याण्ड प्रस्थान गरेको हो । सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् ।