देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्जेन्टिनामा भेटियो अर्कै ग्रहको प्राणी, प्रहरीकै उड्यो होश

देशान्तर

एजेन्सी। अर्जेन्टिनामा पृथ्वीबाहिर अर्कै ग्रहमा बस्ने प्राणी (एलियन) भेटिएको छ । यो प्राणाीले प्रहरीको समेत होसहवास उडाइदिएको छ । गस्तीमा गएका प्रहरीले उक्त एलियनको फोटोसमेत खिचेका छन् ।

अर्जेन्टिनाको पाक्र्यु मिट्रेमा भएको एक जंगलमा विचित्रको प्राणी भएको सूचना पाएपछि प्रहरी त्यहाँ गएको थियो । प्रहरीले यहाँ पुगेर छानबिन गर्दा जंगलमा केही विचित्रको कुरा भएको महसुस गरे । यतिबेला एकजना प्रहरीले आफ्नो क्यामेरा अन नै राखेका थिए । यत्तिकैमा प्रहरीको अगाडि एउटा विचित्रको प्राणी निस्कियो । एक जना प्रहरीका अनुसार उनीहरु जंगलको बीचमा पुग्दा एउटा प्राणी निस्कियो । यो पूर्ण रुपमा एलियनजस्तै थियो । यसलाई देखेर गस्तीमा गएका प्रहरीहरु पनि डराए ।

यो प्राणीलाई सबैभन्दा पहिले बच्चाहरुले देखेका थिए । त्यहाँ खेल्दै गर्दा बच्चाहरुले यो विचित्रको प्राणीलाई देखेपछि डराएर भागेका थिए । बालबालिकाले अरुलाई यसबारे सुनाएपछि प्रहरीमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले यहाँ जंगलमा खोजी सुरु गरेको थियो । प्रहरीले पनि यो कुनै मानिस वा पेथ्वीको प्राणी नभएको विश्वास गरेका छन् । अन्य ग्रहका प्राणी र युएफओको विषयमा अनुसन्धान गर्दै आइरहेका शोधकर्ता बैज्ञानिक माल्कम रबिन्सनले यो घटनापछि हामीले अन्य ग्रहका प्राणी बेलाबेला पृथ्वीमा आउने कुरालाई विश्वास गर्नुपर्ने बताएका छन् । ‘म आफैं मान्छु यस्ता कुराहरु बेलाबेलामा पृथ्वीमा आउँछन् र यो यसको प्रमाण हो’ उनले भनेका छन् ।