देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्वारा थाइल्याण्ड २ सय ५५ रनले पराजित

देशान्तर

काठमाडौं । नेपालले एसीसी यू–१९ प्रतियोगितामा थाइल्याण्डलाई २५५ रनले हराएको छ । नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।

नेपालका तर्फबाट सन्दिप लामिछाने उत्कृष्ट बलिङ गर्दै थाइल्याण्डको ब्याटिङलाई धराशयी बनाए । उनले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट लीए । मलेसियामा सम्पन्न खेलमा नेपालका बलरसामू थाइल्याण्डका ब्याट्सम्यान निरिहसावित भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहले उत्कृष्ट पारी खेल्दै ९१ रन बनाए । ९ रनले शतक बनाउन चुकेका अनिलले ६ चौका र ५ छक्काको मदतमा ९१ रन बनाएका हुन् । उनले ७४ बलको सामना गरेका थिए ।

खेलमा प्रनित थापा मगरले पनि अर्धशतकीय योगदान गरे । उनले ६१ बलको सामना गर्दै तीन चौका र एक छक्कासहित ५० रन योगदान दिए । उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए ।

कप्तान दिपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए भने सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए भने किशोर महतो २ रनमा अविजित रहे ।