देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूपेन्द्र राईको दिप्रुङ बनाउने सपना

देशान्तर

प्रजातन्त्रका लागि कांग्रेसले गरेको संघर्ष अनि गाउँ, समाज र टोलमा रहेका अग्रजहरूको प्रेरणाबाट कांग्रेस बनेका भूपेन्द्र राईले सधै वाम बाहुल्य भएको स्थानलाई आफ्नो राजनीतिक यात्राको केन्द्र बनाए । विद्यालय जीवनमा वामपन्थीहरूले नेपाल विद्यार्थी संघको झन्डा उठाउन नदिएको खोटाङको ओख्रे माविमा अध्ययन गरेका राई अन्ततः उच्चशिक्षा अध्ययन गर्न पनि वामपन्थीले करिबकरिब अन्य विद्यार्थी संगठनलाई बर्जित गरेको रत्नराज्य क्याम्पसमा पुगे । त्योमात्रै होइन संविधान जारी भएपछि नयाँ संरचनाअनुसार भएको स्थानीय तहको निर्वाचनको मैदानमा पनि खोटाङको वाम बाहुल्य गाउँपालिका दिप्रुङको चुनावी मैदानमा होमिए । विद्यार्थी जीवनदेखि नै वामपन्थीहरूकोे हेपाइ खेपेका भूपेन्द्रलाई जनताले साथ दिए । अहिले उनको परिचय फेरिएको छ, दिप्रुङ गाउँपालिकाको अध्यक्षको रूपमा ।

दिप्रुङ गाउँपालिको वर्थिङ सेन्टर बनाउने योजनाका साथ वर्थिङ सेन्टरको सामान लिनका लागि काठमाडौं आएका भूपेन्द्रले देशान्तरसँग भने– ‘म राजनीतिमा नै वामपन्थीहरूले स्वतन्त्रतापूर्वक स्कुलमा नेपाल विद्यार्थी संघलाई कार्यक्रम गर्न नदिएका कारण आएको हो । क्याम्पससम्म आउँदा त अखिलले नेपाल विद्यार्थी संघ भएर पढ्न पनि पाउँदैनस् जस्तो पो गरे । अनि मैले विचार गरेँ साँच्चै कांग्रेस त यही स्वतन्त्रताका लागि पो लडेको रहेछ । त्यही भएर मलाई सधैं वामपन्थीहरूको बीचमा केही गरौं भन्ने लाग्यो ।’  विगत सम्झँदै भूपेन्द्रले भने– ‘म कक्षा आठमा पढ्थें, कुरो २०४८ सालको हो । मेरो गाउँ टोलमा सबै कांग्रेस भएका कारण म पनि नेविसंघ भए“ । त्यो बेलाको आम चुनावमा कांग्रेसका उम्मेदवार कौशलराज रेग्मी हुनुहुन्थ्यो, एमालेबाट अशोक राई हुनुहुन्थ्यो । रेग्मी पुरानो राजनीतिकर्मी हो । उहाँको अहिले निधन भइसक्यो । त्यो बेला एमालेको मात्रै कार्यक्रम भयो । म पढेको स्कुल ओख्रे माविमा कांग्रेसलाई कार्यक्रम नै गर्न दिइएन । त्यहीबाट मलाई लाग्यो यसरी अवरोध त कांग्रेसले कहीँ पनि गरेको थिएन । सबैलाई बोल्न दिने, सबैलाई कार्यक्रम गर्न दिने कांग्रेस ठीकै हो भन्ने लाग्यो ।’

उच्च शिक्षा अध्ययनका लागि काठमाडांै आएका भूपेन्द्रले फेरि वामपन्थीहरूस“ग राम्रै लडाइँ लड्नुप¥यो । सुरुमा रत्नराज्यमा भर्नाका लागि चिनेजानेका साथीमार्फत उनले पैसा बुझाए । तर भर्ना गर्नुपूर्व नै अखिल हो कि नेविसंघ भन्ने खोजेरमात्रै गर्ने चलन रहेछ । रत्नराज्य क्यम्पसमा भर्ना पाउन नै समस्या । दसंै तिहारपछि पढ्नका लागि क्याम्पस आउँदा गेटमा पालेदाइले रोकेपछि कारण पनि थाहा पाए, कांग्रेस निकट नेविसंघ भएकै कारण रोकिएको रहेछ । भूपेन्द्रले प्रण गरे, अब आर.आर. क्यम्पसमा नेविसंघ भएर भर्ना नपाउने समस्याको अन्त्य गर्छु ।
दिउँसोको सिफ्टमा पढ्नका लागि भर्ना हुन खोजेका भूपेन्द्रलाई बल्लतल्ल रात्रि सिफ्टमा भर्ना गरियो । उनले राजनीति सुरु गरे । उनको राजनीतिमा सक्रियता र नेविसंघप्रतिको लगाव देखेर आर. आर.को नेविसंघको रात्रि सिफ्टको नेतृत्व गर्ने अवसर संगठनले दियो । आर.आर.मा विशेषगरी एमाले निकट विद्यार्थीको जगजगी थियो । संगठनको जिम्मा पाएपछि नेपाल विद्यार्थी संघको सदस्यता रसिद लिएर सदस्य बनाउने क्रममा अखिलका कार्यकर्ताले भूपेन्द्रमाथि प्रहार गरे । त्यसको प्रतिवादबाटै आर.आर.मा नेविसंघ भएबापत भर्ना नपाउने अनि सदस्य बनाउँदा अखिलको मुक्का खानुपर्ने पराम्पराको अन्त्य भयो । क्याम्पस जीवनपछि उनी खोटाङको दुर्गम गाउँ दिप्रुङका बासिन्दालाई वामपन्थीहरूको भ्रमबाट मुक्त गर्ने उद्देश्य बोकेर गाउँ फर्किए । जनतालाई साथ दिए, हिजोसम्म नेविसंघको भूपेन्द्र भन्नेहरूका लागि आफ्नो परिचय बदले, अब दिप्रुङ गाउँपालिकाको अध्यक्ष भूपेन्द्र राई भएका छन् ।

दिप्रुङका वर्थिङ सेन्टर बनाउने अभियान लिएर राजधानी आएका भूपेन्द्र देशान्तरसँग कुरा गरिरहँदा पनि दिप्रुङका विद्यालयमा हाजिर नमिलेका कुरा, जन्म दर्ता गर्न के गर्नुपर्छ भन्ने जस्ता विषयमा जानकारी फोनबाट दिइरहेका थिए । हिजो रत्नराज्य क्याम्पसमा भर्ना के भयो ? जाँच कहिलेबाट भनेर सोध्ने विद्यार्थीलाई उनले सहज जवाफ दिइरहेका थिए ।  २०६२–६३ को जनआन्दोलन सफल भएस“गै भूपेन्द्रले कलेजस्तरको पढाइसकेका थिए । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पनि भइसकेका थिए । आरआर क्याम्पसको इकाई सभापति, स्ववियू सभापतिको उम्मेदवार सबै भइसकेका थिए । तर पनि उनले गाउँमै फर्किने संकल्प गरेँ । उनले पढाइका लागि मात्र काठमाडौं आएको निष्कर्षसहित राजधानीको राजनीतिमा रुमलिँदा बनाएको सम्बन्ध गाउँको समृद्धिका लागि प्रयोग गर्ने सोच बनाए ।

उनलाई गाउँमा उन्नति होइन आश्वासन बाँडिएको जानकारी थियो । कम्युनिस्टले जनतालाई कन्फूयुजमा राखेका थिए । त्यो सबै बुझेका भूपेन्द्रले जनताको सेवाका लागि गाउँ फर्कने संकल्प गरँे । गाउँ फर्किए । तर कांग्रेसमा आन्तरिक राजनीति पनि त्यति सहज थिएन । गाउँका नेता, कार्यकर्ताले उनलाई पर्यटक कांग्रेस भनेर अवमूल्यन गर्न थाले । आफ्नो भाग खोस्न आएको जस्तै व्यवहार गरियो । जिल्ला पुगेर उनी दुईदुई पटक पार्टीको क्षेत्रीय सभापतिको उम्मेदवार बने तर पराजित भए । तर उनले हिम्मत हारेनन्, दिप्रुङमा दिगो राजनीति गर्न सोचलाई अलमलमा पर्न दिएनन् ।

हुन त स्थानीय तहको निर्वाचन पार्टीबाट टिकट पाउन पनि भूपेन्द्रलाई महाभारत प¥यो । गाउँपालिकाका सबै वडाबाट सर्वसम्मत सिफारिस भएका भूपेन्द्रलाई क्षेत्र र जिल्लाले सिफरिस गरेन । आकांक्षी सबै नाम केन्द्रमा पठाइयोे । खोटाङका १० वटा स्थानीय तहमध्ये ९ वटाको टिकट वितरण भयो । स्थानीय तह सबैमा पार्टीले घोषणा सभाको आयोजना ग¥यो तर दिप्रुङ गाउँपालिकाको उम्मदेवारी टुंगो लाग्न सकेन । उनका गाउँपालिका पूर्वपार्टी सभापति विष्णु राईलगायतका नेताहरू टिकटका आकांक्षी थिए । अन्ततः भूपेन्द्रले टिकट पाए । टिकटमात्रै होइन जनताको साथ पनि पाए, एमालेको बाहुल्य रहेपनि बहुमत वडा अनि उपाध्यक्षसहित भूपेन्द्र राई विजयी भए ।

राजनीतिका क्रममा उनले एउटा अनुभव गरेका रहेछन् । देशान्तरस“ग उनले भने– ‘सबै जनता माग्ने अनि नेताहरू दिने तर दिन नसक्ने नेताहरू फटाहा बन्ने प्रवृत्ति देखियो । सार्वभौम जनता भन्ने हामीले जनतालाई सधंै माग्ने बनायौ ।’ मतदाताको घरघरमा पुग्दा एकजना हजुरबा समान उमेरका एक व्यक्तिले उनीस“ग भनेछन्, खानेपानीका लागि १०० मिटर पाइप चाहियो । उनी २०१५ सालको आमनिर्वाचनदेखि लगातार मतदान गर्ने मान्छे हुन् । त्यसपछि भूपेन्द्रलाई लाग्यो २०१५ सालको आमचुनावदेखि मतदान गरेका एकजना मतदाताले सधैं सय मिटर पाइप, दुईवटा जाली अनि २–४ पाताजस्ता मागेको देखियो । अनि उनले सोचे मतदानजस्ता पवित्र काम सय मिटर पाइप र दुईवटा जाली दिएको भरमा साटिनु हुँदैन । त्यसैले उनले सोचे, दिप्रुङलाई अब देशकै नमुना गाउँ बनाउँछु ।

अध्यक्षमा निर्वाचित भएर गाउँपालिकाको बजेटसमेत सार्वजनिक गरिसकेका उनले बजेटका प्राथमिकता सुनाए– ‘दिप्रुङको सबैभन्दा ठूलो समस्या सडक हो । सडकको कामलाई प्राथमिकतामा राखेका छौं । विशेषगरी खानीडाँडा विमानस्थल जोड्ने सडक र गाईघाट जोड्ने सडक र सबै वडामा सडक पु¥याउने लक्ष्य हो । अर्को भनेको विजुली हो । त्यसैगरी तेस्रो प्राथमिकता भनेको सञ्चार हो । अनि हामीले चौथो प्राथमिकतालाई शिक्षालाई राखेका छौं ।’ उनले दुई वर्षभित्र सबै छुटेको ठाउँमा विजुली पु¥याउने योजना सुनाए । सञ्चारको विकासका कारण संसार एउटा गाउँ बनिसकेको अवस्थामा भूपेन्द्र आफ्नो गाउँपालिका पनि त्योभन्दा टाढा नहोस् भन्ने सोच राख्छन् । त्यसैले उनले ६ महिनाभित्र सबै वडामा वाईफाई जोड्ने योजना सुनाए ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका भूपेन्द्रको बुझाइमा सैद्धान्तिक शिक्षाबाट मुलुकको समृद्धि सम्भव छैन । त्यही भएर उनी प्राविधिक शिक्षालाई अगाडि बढाउने सोचमा छन् । प्राविधिक शिक्षाका माध्यमबाट युवालाई स्वरोजगारमूलक काम लगाएर जनशक्ति बिदेसिने क्रम रोक्ने भूपेन्द्रको योजना रहेको छ । उनले अवसरको खोजीमा दिप्रुङ छोडेर बसाइसराइ गरेका हरेक नागरिकलाई पछुतो लाग्ने गरी दिप्रुङको विकास गर्ने सपना बुनेका छन् । त्यसका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका काममा केही बजेट विनियोजन गरेर कामको थालनी गरिसकेका छन् । उनले राम्रो पढाउने इमानदार शिक्षकलाई प्रोत्साहन भत्ता, महिला स्वयम्सेविकालाई मासिक भत्ता तथा स्वस्थ्य दिप्रुङ बनाउने योजनाअन्तर्गत गर्भवती महिलाले नियमित स्वस्थ्य जाँच गरेको र प्रसूतिपछि बच्चाको नियमित स्वस्थ्य जाँच तथा सबै खोप लगाएको स्वस्थ्य जाँचको रिपोर्टका आधारमा पहिलो र दोस्रो बच्चा जन्माउन चाहने गर्भवती महिलालाई मासिक एक हजार भत्ता दिनका लागि बजेट विनियोजन गरेका छन् । ७० वर्ष माथिका वृद्धावृद्धलाई घरमा नै निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थाका योजना प्रस्तुत गरेका छन् भने ६५ वर्षभन्दा माथिमा ज्येष्ठ नागरिकलाई गाउँपालिकाभर यात्राका लागि निःशुल्क गर्ने व्यवस्था गरेका छन् ।

यसका अलावा उनको अर्को ठूलो सपना छ, कृषि उत्पादन वृद्धि गर्ने । तराई र राजधानीबाट दिप्रुङ पुगेका मालवाहक सवारी साधनलाई रित्तो नफर्काउने योजना उनले सुनाए । त्यसका लागि सबै किसानका उत्पादन बिक्रीको जिम्मा गाउँपालिकाले लिने र बिक्रीका लागि कृषि सहकारीलाई जिम्मा दिने उनको योजना छ । सहकारीलाई सहुलियतमा सञ्चालन गर्ने र बिक्रीको योजनाबाट सहकारी नाफामा जाने गरी चलाउने उनले बताए ।