देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इतिहास रचेका दलित नेता

देशान्तर

काठमाण्डौँ । अछामको साफेबगर नगरपालिका–३ घुघुरकोटमा एउटा दलित अनि किसान परिवार नेपाली कांग्रेसका समर्थक थिए । तर आर्थिक अवस्था र पारिवारिक कारणले कांग्रेसको सक्रिय राजनीतिमा लाग्न सकेनन् । पछि अछाममा परिवारको गुजारा सहज पार्नका लागि कैलालीको सदरमुकाम धनगढी झरे । ती व्यक्ति थिए, करन वड । धनगढी नजिकैको जाई गाउँमा बसाइा सरेका कारण वडले छोराछोरीलाई जसोतसो धनगढीमै पढाए । करणलाई आफू शिक्षित बन्न नसकेको चोट थियो । त्यो चोट उनले छोराछोरी पढाएर पूरा गरे । तीनै करन वडका माइला छोराले अहिले सुदूरपश्चिमकै सबैभन्दा ठूलो सहर धनगढी उपमहानगरको नेतृत्व सम्हालेका छन् । नेपाली कांग्रेसका तर्फबाट धनगढी उपमहानगरको मेयरका प्रतिस्पर्धी बनेका वड स्वतन्त्र उम्मेदवारले हम्मेहम्मे पार्दा समेत कांग्रेसको साख जोगाउन सफल भए । दोस्रो चरणमा निर्वाचन भएका उपमहानगरमध्ये एउटामा मात्र कांग्रेसको जित भयो । त्यो जित दिलाए वडले । उनले उपमहानगरमा कांग्रेसका तर्फबाट एक्लो मेयर बनेरमात्र होइन पहिलो दलित मेयर बनेर पनि इतिहास बनाए ।

असार ९ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले क्याम्पसचोकमा आयोजित आमसभामा तीन पटक दोहोर्‍याएर भने– ‘तपाईंहरूले नमस्कार गर्नु पर्दैन, नृप आफैं घरघरमा आएर नमस्कार गर्नेछन् । उनलाई यस्तो गर, उस्तो गर भन्न सक्नुहुन्छ, अरूलाई सक्नुहुन्न । आफूले अह्राउन सक्ने मान्छेलाई भोट दिनुस् ।’ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस धनगढीमा दलित नेतालाई मेयर बनाएर देशभर सन्देश दिन खोजेको समेत बताएका थिए । देउवाले जोड दिएर त्यसो भन्नुुको कारण थियो– अझै पनि तुलनात्मक रूपमा चर्को जातीय विभेद रहेको प्रदेश–७ को एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा दलितले भोट पाउादैनन् भन्ने हल्ला । कतिसम्म असहज अवस्था बनेका थियो भने, नृप वड उम्मेदवार बन्नुअघि कांग्रेसभित्रै एकथरीले जनताले जिताए भने उनलाई हामीले पनि नमस्कार गर्नुपर्छ, त्यसैले टिकट दिनुहुन्न भनेर विरोध गरेका थिए । तर पनि २००७ सालमा नै मुक्तिका लागि लडेको कांग्रेस २०११–१२ सालमा दलित नेता धनमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाएको कांग्रेसले वडलाई नै टिकट दियो । अनि धनगढीका सम्पूर्ण प्रजातन्त्रको पक्षमा भएका मतदाताले वडलाई मेयर बनाएर परिवर्तनको सन्देश पनि दिए । जातीय–क्षेत्रीय विवादलाई बेवास्ता गरेका धनगढीका मतदाताले ४५ वर्षीय नृप वडलाई १४ हजार तीन सय २४ भोटका साथ मेयरमा निर्वाचित गरे । स्वतन्त्र उम्मेदवार बनेका व्यवसायी गोपाल हमाल ११ हजार पााच सय २७ मतका साथ वडका निकटतम प्रतिद्वन्द्वी हुन पुगे भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले क्रमश: तेस्रो र चौथो स्थानमा रहे ।

२०४९ सालमा पार्टीको क्रियाशील सदस्यता पाएका उनी २०५१ मा धनगढी–५ जाईका वडा सभापति र २०५७ मा धनगढी नगर सचिव बने । त्यसरी जिल्लामा कांग्रेस नेता चाहिादा र गाउामा कसैलाई गाह्रोसाह्रो पर्दा खोजिने नाम बन्दै गएको थियो, नृप वड । विशेष गरी माओवादीको हिंसात्मक द्वन्द्वको समयमा समेत उनले उनले गाउा छाडेनन् । त्यही बेलादेखि उनी जनताको नेता भए, जनताले खोजेका बेलामा भेटिने नेता भए । द्वन्द्वकै बेला नगर सभापति बनेका उनले धनगढीमा २०६२–६३ को आन्दोलनको नेतृत्व गरे । त्यो बेला कांग्रेस र एमालेका धेरैजसो जिल्ला नेता काठमाडौं या भारत पलायन भएका थिए ।

आठ वर्षदेखि धनगढी नगर सभापति रहेका नृप वड स्थानीय तह निर्वाचनमा मेयरको स्वाभाविक दाबेदार थिए । तर, सबै कुरा सहज रूपमा चल्दैन, उनले टिकट नपाउने सम्भावना बढ्यो । राजनीतिक चेत पलाएदेखि कांग्रेसमा काम गरेका उनले टिकट पाउने बेलामा आफू दलित भएको महसुस गर्नु गरेको थियो । तर उनको प्रजातन्त्रप्रतिको निष्ठा अनि कांग्रेसप्रतिको लगावमा आाच आउन नदिनका लागि कांग्रेसले उनैलाई रोज्यो । आफैं बुवाको कांग्रेस निकटताका कारण त्रिनगर माविमा १० कक्षामा हुादा नेपाल विद्यार्थी संघमा आबद्ध भए वड । कैलाली बहुमुखी क्याम्पसमा नेविसंघको लागि प्रतिबद्ध भएर काम गरे । उनले देशान्तरसाग टेलिफोनमा भने– ‘२०४८ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि पढाइ छोडेर पार्टी राजनीतिमा लागो ।’

हुन पनि, सुदूरपश्चिममा सहरी क्षेत्र अपवाद हुन सक्छ, तर गाउाघरमा आफूभन्दा जतिसुकै कम उमेरको भए पनि पहिले गैरदलितलाई नै नमस्कार गर्नुपर्छ । त्यसकारण नृपलाई नमस्कार गर्नुभन्दा टिकट नै नदिऊ भन्ने सानोतिनो अभियान चल्यो कैलाली कांग्रेसभित्र, जुन धनगढीमा सीमित रहेन, केन्ऽमा पुग्यो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले टिकट दिनुअगावै पनि स्थानीय नेताहरूबीच नृपलाई सोधेका पनि थिए, ‘यहााका बाहुन–क्षेत्रीले तिमीलाई भोट दिन्छन् त भनेर ।’ तर यो सवै नृपलाई कमजोर बनाउने अफवाहमात्रै थियो । पार्टी सभापति देउवाले काठमाडौंमा नै यो कुरा सुनेका थिए, उनले सभापति देउवालाई विश्वास दिलाए । अनि टिकट लिए र देउवालाई दिएको विश्वास टुट्न पनि दिएनन् ।

त्यसरी टिकटको चुनौती छिचोलेपछि नृपका अगाडि एमालेका दुर्गादत्त जोशी र माओवादी केन्ऽका रामसमझ राना अर्को चुनौतीको रूपमा खडा थिए । हरेक निर्वाचनमा जातीय, क्षेत्रीय नारा लाग्ने धनगढीमा डोटीबाट आएकाहरू २७ प्रतिशत छन् । पुख्र्यौली घर डोटी भएका जोशीलाई कांग्रेसभित्रका नृप विरोधीहरूको पनि समर्थनको आसमा एमाले थियो । माओवादीले ४० प्रतिशत थारू मत हेरेर रामसमझ रानालाई मेयरमा उठाएको थियो । अर्का चुनौती थिए, गोपाल हमाल, जो सुन्दर सुदूरपश्चिम अभियानबाट चर्चित थिए । उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । एक पैसा अभियानबाट धनगढी विमानस्थल कालोपत्रे गरेको जशसमेत लिएका उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा थिए । कांग्रेसमा आबद्ध सुदूरपश्चिमका केही व्यवसायीहरू समेत खुलेरै हमालको प्रचारमा देखिए ।

सुदूरपश्चिमका खास गरेर युवा पुस्ता र सहरी बासिन्दामा जातीय संकीर्णता हराएको निर्वाचनपछि उनको अनुभव छ । अब त दलित समुदायबाट नेतृत्वमै आउन सक्ने कुरा धनगढीको चुनावले देखाइसकेको उनी बताउाछन् । नृपले भने– ‘यहााका मतदाताले हरदृष्टिबाट न्यायिक र आधुनिक सोच देखाएका छन् । उनीहरूले यो जात हेर्ने युग होइन भन्ने सन्देश दिादै जातीय, क्षेत्रीय विभेदलाई अस्वीकृत गरेका छन् । यो सिंगो सुदूरपश्चिममा कायम रहेको जातीय विभेदविरुद्धमा धनगढीका मतदाताको विद्रोह पनि हो ।’  के हो त अबको लक्ष्य देशान्तर प्रश्न गर्दा उनले अन्यत्रका जनप्रतिनिधिको जस्तै सहर सफा र सुन्दर बनाउने वाचा गरे । त्योभन्दा उनले अर्को स्थानीय चुनावमा धनगढी उपमहानगर नरहने ठोकुवा गरे । उनले भने– ‘अर्को स्थानीय चुनावमा धनगढी उपमहानगर होइन महानगर बन्छ । सााच्चै महानगरका सेवासुविधा पुर्‍याएर महानगर बनाउने सोचमा छु ।’  उपमहानगरपालिकाको मेयर भएपछि नृप वड चुनौतीमुक्त भएका छैनन् । धनगढीलाई सुन्दर, आधुनिक र सुरक्षित सहर बनाउने काम अबको मुख्य चुनौती रहेको उनी बताउाछन् । सबैलाई सहज हुने गरी, सबैको साथ लिएर कामहरू अगाडि बढाउने उनको योजना छ । निर्वाचनको बेला उनले थुप्रै प्रतिबद्धता गरेका छन्, जसमध्ये विकास प्रमुख छ ।

सानो सानो पानी पर्दा नै धनगढी डुबानमा पर्छ । ढल निकासको अभाव छ, सडकहरू सााघुरा छन् । अव्यवस्थित बसोबास र फोहोर व्यवस्थापनको अभावमा सुन्दर नगर एक सपना बनेको छ । चुनावी दबाबका बेला मेयर वडले स्मार्ट सिटीको कुरा गरेका छन् । तर नगरमा शौचालयको समेत अभाव छ । त्यसमाथि छ– सबै दलको भोट राजनीतिसाग जोडिएको जग्गा अतिक्रमण, सुकुमवासी, भूमिहीन, मुक्त कमैयालगायतका क्रोनिक समस्या । त्यतिमात्र होइन वडको सपना धेरै छन्, जुन धनगढीवासीको सपनासाग जोडिएका । धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तको बनाउने, क्रिकेट स्टेडियम, चक्रपथ, आधुनिक बसपार्क निर्माण गर्ने योजना मेयर वडको प्राथमिकतामा छन् । पदभार ग्रहण गरेपछिको उनको पहिलो निर्णय नै छ– अत्तरिया र धनगढी मिलाएर महानगरपालिका बनाउने लक्ष्य सुनाइसकेका छन् । अर्को स्थानीय निर्वाचन धनगढी उपमहानगरको होइन, महानगरपालिकाको गराउने उनको लक्ष्य छ ।