देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतः बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

देशान्तर

काठमाण्डौँ। भारतको उत्तर प्रदेशमा यात्रु बस र ट्रक ठोक्किँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । उत्तर प्रदेशको बरेलीमा सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटना स्थल उत्तर प्रदेशको राजधानी लखनउबाट दुई सय ५१ किलोमिटर पर पर्छ । बस र ट्रक ठोक्किँदा भीषण आगलागी भएको र मानिस जलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

 

शरीरको धेरैजसो भाग जलेकाले ज्यान गुमाउनेको पहिचान गर्न मुश्किल भएको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

ट्रकसँग ठोक्किएपछि बसको ढोका जाम भएर यात्रु भित्रै फसेकाले धेरैको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । केही यात्रु भने बसको झ्याल फोरेर सुरक्षित निश्कन सफल भएका छन् ।

 

बसमा ४१ यात्रु रहेको र घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।

 

भारत विश्वमा धेरै गाडी तथा रेल दुर्घटना हुने देशमा पर्छ । त्यहाँ रहेक चार मिनेटमा कम्तिमा एउटा दुर्घटना हुने गरेको तथ्यांक छ ।