देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गाजलु’ पछि कता श्रृष्टि ?

देशान्तर

काठमाडौं । मिस नेपाल २०१२ की विजेता श्रृष्टि श्रेष्ठलाई अहिले नेपाली फिल्म क्षेत्रमा संभावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । गएको बर्ष रिलिज भएको फिल्म ुगाजलुु बाट नेपाली रजतपटमा भित्रिएकी श्रृष्टि अहिले युवापुस्ताका दर्शकमाझ सबैभन्दा बढी खोजिने अनुहार हो । गाजलुु मा उनको अभिनयलाई दर्शकहरुले खुबै रुचाए, जुन श्रृष्टिले सायद कल्पना पनि गरेकी थिइनन् । मिस नेपालको ताज जित्नु भन्दापनि बलीउड फिल्म ज्याकपट को ‘कभी बादल बर्से’ गीतमा मोडलिङ्ग गरेपछि उनको चर्चाले शिखर चुमेको थियो । उनको बोल्ड लुक्सको चर्चा त्यसबेला बलीउडमा पनि खुबै भएको थियो । तर, उनलाई मुख्य भूमिकामा लिएर फिल्म निर्माण गर्ने आँट कुनै पनि नेपाली निर्माताले गर्न सकेका थिएनन् ।

यस्तैमा निर्माता रोहित अधिकारी भगवान बनेर आए श्रृष्टिका लागि । उनले अनमोल केसीको अपोटिजमा फिल्म ुगाजलुु मा श्रृष्टिलाई लिड रोलमा अनुवन्धित गरे । सायद सपनामा पनि सोचेकी थिइनन् श्रृष्टिले फिल्म ुगाजलुु ले स्टार बनाउला र आफू पनि अन्य सेलिब्रेटी जस्तै मिडिया र फ्यानको बिचमा घेरिउला तर सपनीमा नसोचेको कुरा पनि उनलाई गाजलुु ले विपनीमा पूरा गर्यो ।

ुगाजलुु हिट भएपछि उनलाई आफ्नो फिल्ममा साइन गर्न लागेको नेपाली निर्माताहरुको भिडमा अहिलेपनि कम भएको छैन् तर उनले अहिलेसम्म गाजलुु पछि तीन फिल्म मात्र साइन गरेकी छिन् । दुई फिल्मको छायांकन सकिसकेको छ भने एक फिल्म चाँडै फ्लोरमा जाँदैछ । उनको गेस्ट रोल रहेको फिल्म ुलालपूर्जाु र मुख्य भूमिका रहेको रोमियो एन्ड मुनाको छायांकन सकिसकेको छ भने चाँडै लाउरे फ्लोरमा जाँदैछ ।

गएको बर्ष रिलिज भएको गाजलुु पछि कुनै पनि फिल्ममा नदेखिँदा उनका प्रशंसकहरुलाई अहिले श्रृष्टि के गर्दैछिन् भन्ने जिज्ञासा पालेर बसेका छन् । केही महिनायता नायक सौगात मल्लसँगको अफेयरका कारण पनि चर्चामा रहेकी श्रृष्टिको संभवत यस बर्ष दुई फिल्म रिलिज हुन सक्छन् ुलालपूर्जा र रोमियो एन्ड मुनाु । हुनत, रोमियो एन्ड मुनाको रिलिज भदौ ८ गतेलाई फाइनल गरिसकेको छ तर यो मितिमा अनमोल केसी स्टारर फिल्म कृ आउने यसअघि नै तय भैसकेको छ । यसकारण पनि रोमियो एन्ड मुना यो मितिमा आउने वा नआउने भन्नेमा टंगो लागेको छैन् । यो फिल्ममा श्रृष्टिले एक सोझी गाउँकी यूवती मुनाको भूमिका निर्वाहा गरेकी छन् ।