देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा झडप दश आतङ्ककारी मारिए

देशान्तर

अफगानिस्तान । अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधाानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् ।
गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारीहरु मारिएका प्रहरी अधिकारी बसिर अहमद तराकीले बताएका छन् ।

तराकीका अनुसार आक्रमणपछि अज्ञात सङ्ख्यामा आतङ्ककारीहरु त्यहाँबाट भागे भने, दश मारिएका थिए । यस झडपको क्रममा एक प्रहरी अधिकारी भने घाइते भएका र उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस झडपको विषयमा केही टिप्पणी गरेका छैनन् ।