देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको पोष्टर रिलिज

देशान्तर

एजेन्सी : बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म पाहुनाको पोष्टर सार्वजनिक भएको छ । सोमवार कान्स फिल्म फेस्टिबलमा प्रियंका चोपडाकी आमा मधु चोपडाले फिल्मको पोष्टर र टीजर पनि सार्वजनिक गरेकी हुन् ।

पोष्टरमा एक बालक र एक बालिकालाई देख्न सकिन्छ । पोष्टरमा बालिका खाना पकाइरहेकी छिन् भने बालक एक बच्चालाई खेलाइरहेको देख्न सकिन्छ । फिल्म ‘पौवा’ अर्थात पाहुना मा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ।

प्रियंका चोपडाको पर्पल पिबल प्रोडक्सनले यो फिल्म निर्माण गर्न लागेको हो । यो फिल्मलाई महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेकी हुन् ।

माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको फिल्ममा सिक्किमकै कलाकार र प्राविधिक आबद्ध छन् ।