देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी वाङ्मय पुरस्कार’बाट उपाध्याय सम्मानित

देशान्तर

पोखरा, ८ जेठ । यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार’बाट प्रगतिशील साहित्यकार गोपीरमण उपाध्याय सम्मानित हुनुभएकोे छ ।

गण्डकी वाङमय सङ्गम पोखराले स्थापना गरेको रु १५ हजार राशिको उक्त पुरस्कार सोमवार सङ्गमका अध्यक्ष डा कृष्णराज अधिकारीले उनलाई प्रदान गरे । स्याङ्जाको किचनासमा २००३ साल जेठ ११ गते जन्मेका उपाध्यायले साढे तीन दशकअघिदेखि माक्र्सवादी साहित्यको अनुवाद तथा लेखन गर्दै आएका छन् ।

विसं २०४९ सालमा स्थापित सङ्गमले २०५२ सालदेखि एक वर्ष बिराएर गोकुल वाङ्मय पुरस्कार र गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ ।