देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलीउड अभिनेत्री रीमा लागूको निधन

देशान्तर

एजेन्सी ।’हम आपके कौन’ जस्ता सयौं हिट फिल्ममा काम गरिसकेकी अभिनेत्री रीमा लागूको ५९ बर्षको उमेरमा बिहीवार निधन भएको छ । छातीमा दुखाई महशुस भएपछि मुम्बईको अम्बानी अस्प्तालमा भर्ना भएकी रीमाको गएराति १ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टेलिभिजनमा पनि निकै लोकप्रिय रीमा लागूले थुप्रै टेलिसिरियलमा अभिनय गरेकी थिइन् । ‘मैंने प्यार किया’, ‘आशिकी’ ‘साजन’, ‘हम आपके हैं कौन’, ‘वास्तव’, ‘हम साथ साथ हैं’ जस्ता फिल्ममा उनले उत्कृष्ट अभिनय गरेकी थिइन् ।

रीमा लागूले हिन्दीका अलावा मराठी फिल्ममा समेत काम गरेकी छिन् । उनले सलमान खानको धेरै फिल्ममा आमाको भूमिका पनि निर्वाहा गरेकी थिइन् ।