देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लड्नै परे मेयरमै लड्छुु, उपमेयरमा लड्दीन ; रेखा थापा

देशान्तर

काठमाण्डौ । अहिले नायिका रेखा थापा राजनीतितर्फ बढी सक्रिय छिन् । गएको बर्ष नेकपा माओवादी छोड्दै राप्रपा प्रवेश गरेपछि उनको राजनीतिक दौड सुरु भएको हो । पार्टी प्रवेश गरेको महिना दिनपछि उनले राप्रपा नेपालको केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन् र भारी मतका साथ विजयी पनि भईन् ।

नेपाली चलचित्र क्षेत्रको चर्चित अनुहार भएका कारण रेखाले अहिले राप्रपा भित्र आफ्नो बलियो पकड बनाउँदै गएकी छिन् । यसैबीच बैशाख ३१ गतेलाई सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनका लागि राप्रपा काठमाडौं कार्यसमितिले रेखालाई काठमाडौंको उपमेयरमा सिफारिस गरेको थियो । तर, रेखाले काठमाडौंबाट उपमेयरमा लड्ने वा नलड्ने भन्ने कुनै आधिकारीक जानकारी दिएकी थिइनन् ।

राप्रपा नेपालको विभिन्न जिल्लामा भएको आमसभा सम्पन्न गरेर काठमाडौं आईपुगेकी रेखाले एक अन्तर्वार्ताको क्रममा आफु उपमेयरमा नलड्ने बताएकी छिन् ।
रेखाले भनिन्, म उपमेयरमा लड्ने खबर झुटो हो, मात्र राप्रपा नेपाल काठमाडौं कार्यसमितिले मेरो नाम उपमेयरका लागि सिफारिस गरेको हो । स्वभाविक नै हो नी, एउटा चर्चित मान्छेलाई उपमेयरमा उठँ भन्नु तर मैले आधिकारीक रुपमा उपमेयरमा उठ्छु भनेको थिइन् । यदी केन्द्रीय कमिटिले लड्नै पर्छ भन्यो भने उपमेयरमा किन म मेयरमै लड्छु । तर मैले मेयर र उपमेयरका लागि कहिले इच्छा नै राखेकी थिइन् ।

उनले अहिले आफु पार्टीबाट उठेका सदस्यहरुलाई सघाउने तयारीमा बताइन् । यदी पार्टीले तपाईलाई मेयरमै लडाउन चाह्यो भने तपाई तयार हो कि होइन भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै रेखाले थपिन्, मैले अहिले यो विषयमा सोचेकी छैन् । म भन्दा २० औं ३० औं बर्षदेखी पार्टीमा सक्रिय हुनुभएका महिलाहरुले चान्स पाउनुपर्छ र उहाँहरुलाई चाहिँ सघाउने इच्छा हो मेरोे तर म नै लड्ने इच्छा भने छैन् ।

उनले आफु मेयर र उपमेयरमा लड्ने भन्दा पनि पार्टीले जित्नु पर्छ भन्ने सोचमा रहेको पनि बताइन् । रेखाले स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउनका लागि आफ्नो होम प्रोडक्शनबाट निर्माण हुन लागेको फिल्म रुद्रप्रियाको पनि सुटिङ पोस्टपोन्ड समेत छिन् । यसअघि बैशाख २४ गतेबाट फ्लोरमा जाने बताइएको रुद्रप्रियाको अब जेठ १ गतेबाट छायांकन आरम्भ हुनेछ ।