देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वसुन्धराश्री पुरस्कार तारानाथ शर्मालाई

देशान्तर

काठमाडौँ । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेबापत यो वर्षको वसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई प्रदान गरिने भएको छ ।

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको विहिवारको बैठकले उक्त निर्णय गरेको हो । सम्मानपत्रसहित उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

त्यसैगरी, सम्मानपत्रसहितको रु ५० हजार राशिको मानश्री पुरस्कार सञ्चारकर्मी एवम् साहित्यकार खगेन्द्र नेपालीलाई प्रदान गरिने भएको प्रतिष्ठानले जनाएको छ ।