देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको अर्को आयो चुनावी गित ( भिडियो सहित )

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस निकट कलाकारहरुले स्थानिय चुनावलाई लक्षित गर्दै चुनावी गितहरु सार्वजानिक गर्न थालेका छन् । नेपाली कांग्रेस निकट कलाकारहरु सुनिल थापाको लय शब्दमा राधिका हमाल र सुनिल थापाको स्वरमा भोट हालौं रुखमा नामक लोक दोहोरी गीत सार्वजानिक गरेका थिए ।

फेरि आचार्य डिजिटलको प्रस्तुतीमा उठ हे उठ नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली, चारतारा झण्डा बोकी जाग नेपाली, गाउँ शहर बस्तीबाट लाग नेपाली भन्ने बोलको चुनावी गीत बाहिर आएको छ । चोलेन्द्र पौडेलको शब्द तथा लयमा रहेको उक्त गीतमा चोलेन्द्रसहित जुना श्रीसमगर, रामजी पौडेल, चन्द्र कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, अमर धितालले श्वर दिएका छन् ।

सुनिल थापाको लय शब्दमा राधिका हमाल र सुनिल थापाको स्वरमा सो गीत गाईएको छ । उक्त म्युजिक भिडियोको निर्देशन भने उदिराम खड्काले गरेका छन् । तर, ६ मिनेट २७ सेकेण्डको सो दोहोरी गीतमा पूर्णतया नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा भोट हाल्न आग्रह गरिएको छ ।