देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षी नेतासहित रुसमा पाँच सय जना पक्राउ

देशान्तर

काठमाडौं । रुसमा भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता एलेक्से नाभाल्नी सहित पाँच सय जना पक्राउ परेका छन् । राजधानी मस्कोमा भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता सहितलाई प्रहरीले पक्राउ गरेको हो ।
नाभाल्नीले रुसमा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएको अनतराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
सत्तामा रहेका व्यक्तिहरु भ्रष्टाचारमा संलग्न भएको भन्दै नेता नाभाल्नीले अभियान चलाउँदै आएका हुन । मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् ।

पक्राउ परेका नाभाल्नीले आफू पक्राउ पर्नुमा राजनीतिक पूर्वाग्रह रहेको आरोप लगाएका छन् । उनले आफू पक्राउ परे पनि भ्रष्टारचार विरोधी आन्दोलनमा सक्रिय सहभागी हुन समर्थकहरुलाई अपील गरेका छन् । सन् २०११–१२ मा भएको सरकार विरोधी आन्दोलनपछि मस्कोमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ ।