देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय राष्ट्रपति फर्केकै दिन देउवा भारत जाने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमणमा जाने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर स्वदेश फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । 

भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् । भारतीय जनता पार्टी निकट थिङ ट्यांक ‘इन्डिया फाउन्डेसन’ले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भारत जान लागेका हुन् । उनको उच्च राजनीतिक भेटघाट कार्तिक २० र २१ गते दिल्ली हुने कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ । 

]]>