देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत–पाक सीमामा तनाब, भारतको कारवाहीमा दुई पाकिस्तानी सैनिक मारिए

देशान्तर

इस्लामाबाद (पाकिस्तान) । भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । 

स्थानीय समयानुसार बिहीवार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले बिहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ । 

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उक्त घटना भएको बताए । 

“सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति उनीलाई कारबाही गरेको हो” उनले भनेका छन् । 

गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको गरीमा माभएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाव बढेको छ । 

उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ । 

यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए ।

]]>