देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढी, पहिरो पीडितको उद्धार गरी राहत वितरण गर्न काँग्रेसको माग

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोले पीडित भएका परिवारलाई उद्धार गरी राहत वितरण गर्न माग गरेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण धादिङ, गोरखा, दोलखालगायत देशका विभिन्न भागमा मानिस हराएको, पहिरोको बीचमा थुनिएकाले तिनको उद्धार गरी राहत वितरण गर्न माग गरिएको काँग्रेसले जनाएको छ ।
 
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् । बाढी पहिरोले पुर्याएको क्षतिप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकाय, भातृ एवम् शुभेच्छुक संस्थालाई सहयोगका लागि निर्देशन दिएको वक्तव्यमा उल्लेख छ ।
 
विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार र राहत सहयोग गर्न पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।

 

]]>