देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायन, मोडलिङ र लेखन एकसाथ

देशान्तर

काठमाडौं । गायिका तथा मोडल रमिता भण्डारी नेपाली रंगीन दुनियाँको लागि परिचित नाम हो । २००२ मा मिड नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै वेस्ट मोडलको ताज जितेकी यी सुन्दरी पछिल्लो समय गायन र मोडलिङ दुबै विधामा सक्रिय छिन् । यी दुई विधामात्र होइन् समयसमयमा संगीत र मोडलिङसँगै जोडेर विभिन्न कार्यक्रमसमेत गर्दै आएकी छिन् । कहिले फेसन सो त कहिले डान्स पार्टी तथा कहिले सांस्कृतिक कार्यक्रम तीन, चार महिनाको फरकमा आफ्नै निजी कम्पनी रसलाइट मिडियाको तर्फबाट रमिताले कार्यक्रमहरू गर्दै आएकी छिन् ।

नेपालसँगै मलेसिया, सिंगापुरजस्ता देशमा समेत उनले आफ्नै एकल प्रयासमा यो प्रकारका कार्यक्रमहरू सम्पन्न गरिसकेकी छिन् । त्यसैले भर्सटाइल सुन्दरी रमिता बहुप्रतिभाशाली कलाकारमा पर्छिन् भन्दा फरक नपर्ला । गत महिना ‘फेसन नाइट विथ म्युजिकल कार्यक्रम’को सफल आयोजना गरेकी रमिताले रसलाइटको तर्फबाट आउँदो जुन ११ मा काठमाडौंमा ‘समर पुल पार्टी’को आयोजना गर्दैछिन् । उक्त कार्यक्रममा नेपालका नाम चलेका ब्यान्डको तथा कलाकारहरूको लाइभ प्रस्तुति रहनेछ । 

त्यसो त यो हप्तामात्रै रमिताले केही महिना पहिले सार्वजनिक आफ्नै एल्बम ‘प्ले इट’मा समावेश एक गीतको भिडियो सार्वजनिक गर्दै आफ्नो छोरालाई समेत मोडलिङमा उतारेकी छिन् । प्रेमपीडामा तथा पति वियोगमा परेका नारीहरूको आवाज बोल्ने गीत सार्वजनिक भएको केही दिनमा नै युट्युबमा सयौंले मन पराएका छन् ।
‘नेपाली कला संस्कृतिलाई देश तथा विदेशसम्म परिचित गराउने अनि राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने नै मेरो लक्ष्य हो’, रमिताले सुनाइन्, ‘छिट्टै नै अमेरिकामा रसलाइट मिडियाकै तर्फबाट एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारीमा छौं अहिले त्यसैको तयारीमा व्यस्त छु ।’अमेरिकाको कार्यक्रमको बाटो खुलेमा डान्स इन्डिया डान्स विजेता नेपाली मूलकी चेली तेरिया मगरलाई स्टेज चढाउने उनको योजना छ ।

रमिताको परिचय माथि उल्लेखित विषयमा मात्र सीमित छैन । उनी राम्रो कोरियोग्राफर पनि हुन् । दर्जनौं भिडियो तथा फेसन इभेन्टमा कोरियोग्राफी गरेकी उनले पछिल्लो पटक ‘मिस्टर एन्ड मिस राजधानी २०१५’ मा समेत कोरियोग्राफी गरिन् । उक्त इभेन्टको कामले उनले निकै प्रशंसा पनि पाइन् । सामाजिक कार्यमा समेत मनकारी रमिताले आफ्ना हरेकजसो कार्यक्रमबाट उठेको रकम कहिले अनाथ बालबालिकाको शिक्षादीक्षा र पालनपोषणको लागि त कहिले अन्य कुनै सामाजिक काममा खर्च गर्छिन् । 

सानो उमेरबाट नै गितारिष्ट बनेर चर्चामा आएकी रमिताले गितारकै सहाराले सांगितिक क्षेत्रमा पाइला अगाडि बढाइन् । त्यसपश्चात् सानो उमेर मै उनले गीत लेखिन् अनि आफ्नै स्वर भरिन् । त्यसबाट नै वाहीवाही पाएपछि उनको मनमा आट आयो कि गायनको क्षेत्रमा नेपालमै धेरै सम्भावना छन् । सुरुमा कविता लेखनमा पनि उनको रुचि थियो रे, अहिले पनि लेख्छिन, तर कार्यक्रमको दौडधुप, गायन र डलिङको व्यस्तता यो सबैले उनको मनले खोजेका अनि रोजेका सबै इच्छा अझै पूरा हुने क्रममा छन् । आफूले गरेको काममा दृढता हुँदै गर्दा अनि मनको इच्छा पूरा हुँदै गर्दा त्योभन्दा अरू सन्तुष्टि केही नहुने उनको बुझाइ छ ।

 

]]>