काठमाडौं । पछिल्लो समयकी लोकप्रीय एंवम व्यस्त गायिका शान्तिश्री परियार र योगेश काजीको स्वरमा ‘पाल्पाको करुवा चिया इलामको’ बोलको नयाँ गीत रेकर्डिङ सम्पन्न भएको छ ।
युविन इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त गीतको भिडियो केही समयपछि सार्वजनिक गरिने कलाकार समेत रहेका युविन ढुंगानाले जानकारी दिएका छन् । स्टुडियो आफ्नो मनमा रेकर्डिङ गरिएको गीतका रचनाकार प्रसिद्ध गीतकार लोकराज अधिकारी हुन् । उक्त लोकदोहोरी गीतमा योगेशकाजी कै संगीत संयोजन रहेको छ ।
गायिका शान्तीश्री परियारले गीतका शब्द र लय अनि थेगो क्याची रहेकोले दर्शकश्रोताले गीत मन पराउनेमा आफू आशावादी रहेको बताएकी छन् । गीतका रेकर्डिस्ट मनोज परियार हुन् । यसअघि गीतकार अधिकारी संगीतकार योगेश र गायिका शान्तिश्रीको सहकार्यमा गागरी बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा अभिनेता पल शाह र मोडल कामना फगामी मगरको अभिनय रहेको छ ।
प्रतिक्रिया